महालेखा परीक्षकको प्रतिवेदन १ खर्व, ४१ अर्व, ५ करोड बेरुजु

बाँके। महालेखा परीक्षकको कार्यालयले आर्थिक बर्ष २०७४/०७५ सालको बार्षिक प्रतिवेदन बुझाएको छ । राष्ट्रपति भवन शितलनिवासमा आज आयोजित बिशेष समारोहबीच महालेखा परीक्षक टंकमणि शर्मा दंगालले बिद्यादेवी भण्डारीसमक्ष आफ्नो प्रतिवेदन बुझाउनु भएको हो । यो महालेखा परीक्षकको कार्यालयको ५६ औं प्रतिवेदन हो ।

नेपालको संबिधानमा महालेखा प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने ब्यवस्था रहेको छ । सोहीअनुसार महालेखा परीक्षक शर्माले आज राष्ट्रपति भण्डारीसमक्ष आफ्नो बार्षिक प्रतिवेदन बुझाउनु भएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७४/०७५ को महालेखा परीक्षकको छपन्नौं वार्षिक प्रतिवेदन पेश गर्नुभएको जनाउनु भएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनमा सो आर्थिक बर्षमा १ खर्व, ४१ अर्व, ५ करोड बेरुजु रहेको औल्याइएको छ । जसअनुसार संघीय सरकारको बेरुजु सवैभन्दा बढी रहेको छ । संघीय सरकारको १ खर्व ६ अर्व ६४ करोड बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै प्रदेश सरकारको १९ करोड र स्थानीय तहको २४ अर्व १४ करोड बेरुजु देखाइएको छ । यतै जिल्ला समन्वय समितिसहित बिभिन्न समितिहरुको १० अर्व ३८ करोड बेरुजु देखाइएको छ ।याे समाचार जनता टाईममा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *