प्रेस स्वतन्त्रताको सही प्रयोग गरौंः श्रेष्ठ


बाँके । नेपालमा जस्तो संवैधानिक रुपमा मिडियालाई अन्य कुनै पनि देशको स्वतन्त्रताको व्यवस्था नभएको प्रेस काउन्सिलका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठले वतानउनु भएको छ ।
नेपाल पत्रकार महासंघ बाँके शाखासँगको सहकार्यमा प्रेस काउन्सिल नेपालले आयोजना गरेका पत्रकार आचारसंहिता र मिडिया सम्बन्धी कार्यशाला गोष्ठिमा आज नेपालगन्जमा श्रेष्ठले बताउनु भएको हो । लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा नै पूर्ण प्रेस स्वतन्त्रताको संवैधानिक व्यवस्था गरेकोले नेपाली मिडिया र संचारकर्मीले यसको सही सदुपयोग गर्नु पर्ने र मिडिया जनउत्तरदायी हुन खाँचो रहेको बताउनु भएको हो । पत्रकारले जे लेखे पनि जे गरेपनि हुन्छ भन्ने हैन । मिडिया र संचारकर्मीले आफ्नो आचारसंहितालाई आफैले पालन गर्ने हो भने यस क्षेत्रका अधिकांस समस्या समाधान हुने बताउनु भयो ।
कार्यक्रममा नेपालपत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले नेपाल पत्रकार महासंघ साना लगानीका मिडियाको विकास र उनीहरुको दीगोपनका लागि जहिले पनि अग्रभागमा रहेर पैरवी गर्ने वताउनु भयो । साना लगानीका मिडिया रहेनन् भने जनताका आवाज बन्दग गर्नु हो अध्यक्ष आचार्य भन्नु भयो ।
सूचना तथा प्रसारण विभागका महानिर्देशक बालकृष्ण घिमिरे व्यवस्थित योजना विना नै मिडिया संचालन गर्नुले मिडिया क्षेत्रमा आर्थिक अभाव रहेको वताउनु भयो । महानिर्देशक घिमिरेले यदि व्यवस्थित व्यवस्थित योजना बनाएर त्यसको नाफा घाटाको आंकलन गरी मिडिया स्थापना गर्ने हो भने आर्थिक पक्ष बलियो बनाउन सकिने र त्यसको दीगोपन हुने बताउनु भयो ।
कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली लगायत बाँके जिल्लाका पत्रकारहरुले पत्रकार आचारसंहिता र मिडियाका जोखिम, अवसर र आगमी दिनमा मिडिया संबद्ध संस्था, निकाय र पत्रकारले निर्वाह गर्नु पर्ने भूमिकाका विषयमा गहन छलफल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *