प्रधानमन्त्री निवासको जग्गा किनबेच भएको छैनः प्रवक्ता बाँस्कोटा

बाँके ।  सरकारले प्रधानमन्त्रीको सरकारी निवास रहेको बालुवाटारस्थित जग्गा किनबेच नभएको प्रष्ट पारेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार मन्त्री गोकुल बाँस्कोटाले सो जानकारी दिनुभएको हो ।

बालुवाटारस्थित ललिता निवासको जग्गा किनबेचबारे छानविन गर्न बनेको शारदाप्रसाद त्रिताल नेतृत्वको समितिको सिफारिसअनुसार जग्गा किनबेचमा रोक लगाइसकेको पनि प्रवक्ता बाँस्कोटाले जानकारी दिनुभयो ।

‘प्रधानमन्त्री निवासको जग्गा किनबेच भएको छैन । किनवेच भएको भनिएको एकापट्टी छेउको जग्गा हो,’ सञ्चारमन्त्री बाँस्कोटाले भन्नुभयो । उहाँले सरकारी सम्पत्तिको रक्षा गर्नु सरकारको दायित्व भएको प्रष्ट पार्दै यसबारे थप छानविन गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउने बताउनु भयो ।

‘दोषी देखिन्छ भने कोही पनि उम्कँदैनन, यस्मा सत्ता र प्रतिपक्षको प्रश्न भएन,’ सञ्चारमन्त्री बास्कोटाले भन्नुभयो । उहाँले नेकपाका महासचिव बिष्णु पौडेल जग्गा हिनामिनामा संलग्न नरहेको र उहाँ आफै ठगीमा पर्नुभएको जानकारी पनि दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *