प्रदेश नम्बर पाँचले २ विद्येयक पारित

बाँके ।  प्रदेश नम्बर पाँचको आज बसेको बैठकले देशभर सरकारी डाक्टरहरुले गरेको आन्दोलनको बिषयमा चासो व्यक्त गरेको छ । बैठकमा प्रदेशसभा सदस्यहरुले चासो व्यक्त गरेका हुन् । बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले डाक्टरहरूको बन्द हडतालले बिरामी मर्कामा परेको भन्दै वार्ताबाट समस्याको समाधान गर्न आग्रह गरे । उनले भने, ‘डाक्टरहरूले उपचारलाई नैं प्रभावित हुने गरी हडताल गर्न पाइदैन । यो अत्यावश्यक क्षेत्रमा बन्द हडताल गर्न नपाइने ऐन विपरित छ । डक्टरको बिरामीलाई समस्यामा पार्न पाइदैंन । सरकारको यसप्रति ध्यान पुगोस् ।’ त्यस्तै अर्का सांसद अमरबहादुर डाँगीले भूमि व्यवस्था आयोग गठन गरी भूमिसम्बन्धी समस्याको समाधान गर्न माग गरे ।

उनले भने, ‘२०१८÷१९ तिर विर्ता उन्मूलन भएको घोषणा गरियो । तर जग्गा दलालहरूको कारण अझै पनि दाङमा भूमि सम्बन्धी समस्या धेरै छ । आयोग गठन गरी जग्गाको समस्या समाधान गरिनुपर्छ ।’ त्यस्तै अर्का सांसद मोहम्मद याकुव अन्सारीले नेपालको जडिबुटी निकासी रोकिएको भन्दै निकासीको व्यवस्थाको पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।

यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले सभामा पेश गरेको प्रदेश नम्बर ५ सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । त्यस्तै आन्तरिक मामिला तथा कानूनमन्त्री कूलप्रसाद केसीले पेश गरेको पेस गरेको प्रदेश नम्बर ५ प्रसारण सम्बन्धमा व्यवस्था गर्न विधेयक प्रतिवेदन सहित पारित भएको हो ।

दुई विधेयक सभामा सभामुखले निणर्याथ प्रस्तुत गरेका थिए । पारित विधेयकमाथि छलफल गर्ने कार्यसूची रहे पनि प्रदेशसभा सदस्यहरूले छलफलमा सहभागिता जनाएनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *