राजस्व छली गरी लैजाँदै गरेको गुट्खा बरामद

बाँके । बर्दियामा प्रहरीले आन्तरिक राजस्व छली गरी लैजाँदै गरेको अवस्थामा ठूलो परिमाणमा गुट्खा बरामद गरेको छ । कैलाली जिल्ला लम्कीचुवा नगरपालिका-१ निवासी २३ वर्षीय रमेश चौधरीले चलाएको भे १ च ३०६२ नम्बरको बलेरो पिकअप जीपमा लैजाँदै गरेको अवस्थामा बाँसगढी बजारबाट अवैध राजस्व छलीको गुटखा बरामद गरिएको हो।

अवैध गुटखा आउँदैछ भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बाँसगढीबाट प्रहरी निरीक्षक बसन्त कुमार गौतमको कमाण्डमा रहेको टोलीले करिब १२ लाख मुल्य बराबरको १ सय ४० बोरा मेघाश्री गुटखा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताए।

कैलाली जिल्लास्थित श्रीदेउती गुट्खा इण्डष्ट्रिजबाट लक्ष्मी टेड्रिङ कोहलपुरमा उक्त गुट्खा पठाउन लागेको विल प्राप्त भएको उनले जानकारी दिए।बरामद गरिएको गुट्खा आवश्यक कारवाहीका लागि आन्तिरिक राजस्व कार्यालय कोहलपुरमा पठाएको प्रहरीले जनाएको छ। बलेरोका चालक चौधरीलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको एसपी मैनालीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *