प्रदेश ५ का सांसदले एकदिनको तलब हावाहुरी पीडितलाई दिने


बाँके । प्रदेश नम्बर ५ का सांसदहरूले एक दिन बराबरको तलब बारा र पर्साका हावाहुरीपीडित जनतालाई दिने भएका छन् ।
यस भन्दा पहिले प्रदेश सरकारले हावाहुरीबाट प्रभावित नागरिकका लागि १ करोड रकम दिने निर्णय गरी सकेको छ । प्रदेश सभाको आइतवारको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले सांसदहरूको एक दिनको तलब बराबरको रकम प्रदेश नम्बर २ का मुख्यमन्त्रीको राहत कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी गराउनु भयो ।
सभामुखको प्रस्तावलाई सांसदहरूले उक्त निर्णयमा सहमति जनाएका छन् । प्रदेश पाँचमा ८७ जना सांसद छन् । एक दिनको तलब १ हजार ५ सय रूपैयाँ बराबर हुन आउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *