वडा नं. ६ बासिन्दाले सचिव भारतीलाई बिदाई, कार्कीलाई स्वागत


बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा ६ का वडा सचिव अमरदेब भारती प्रदेश यातायात कार्यालय पाल्पामा सरूवा हुनुभएकोले अाज वडावासीले विदाई गरेका छन ।
वडा अध्यक्ष समिरप्रताप सिंहले उहाँलाई नागरिकका तर्फबाट अभिन्नदन गर्नु भएको थियोे । वडा सचिव रहदा स्थानीय तहकाे काममा सहज र सजिलोसँग काम गरेको वडाबासी सचिव भारतीयलाई संझना राख्न अनुराेध गर्नु गरे ।


वडामा रहदा वडाबासी अात्मिय र अाफनत्वका अाधार सहयोग गरेकोले म मेरो कार्यकाल सहज तरिकाले काम गर्न सफल भएको सचिव भारतीले वताउनु भयाे ।
वडामा कार्यरत रहदा जसरी सहयोग प्राप्त भयाे त्यसरी नै अागमी दिनमा सहयोग गर्न वडा अध्यक्ष सिंहले सचिव भारतीयलाई अनुरोध गर्नु भयाे ।
वडाको सचिवकाे कार्यभार सम्हालेका राजकुमार कार्की वडाबासीलाई पहिले जस्तै सहज तरिकाले सेवा पाउने र अाफुले दिने प्रतिबद्धता समेत व्यक्त गर्नु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *