दाङमा  बस दुर्घटना हुँदा १४ जना बढी घाइते

बाँके । दाङमा  बस दुर्घटना हुँदा १४ जनाभन्दा बढी घाइते भएका छन् । बुटवलबाट महेन्द्रनगरतर्फ जाँदै गरेको लु १ ख ८६ ३० नम्बरको बस लमही नगरपालिका ३ फल्कापुरमा दुर्घटना भएको हो ।

करिब ४५ जना यात्रुहरु सवार बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको नाम, ठेगाना यो समाचार तयार पार्दासम्म खुल्न सकेको छैन ।

घाइते सबैको लमही अस्पतालमा उपचार भइरहेको अस्थायी प्रहरी पोस्ट नर्तिले जनाएको छ ।सडकदेखि करीब २० मिटर तल खसेको बस दुर्घटनाबारे थप विवरण केही बेरमै आउँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *