सहकारी संघ प्रदेश ५ अध्यक्षमा सुवेदी

बाँके । बाँके सहकारी संघका अध्यक्ष एवम् सहकारी अभियानता प्रेम सुवेदी प्रादेशिक सहकारी संघकाे अध्यक्षमा चयन हुनु भएको छ ।

प्रदेश नं.५ का सहकारीकर्मीकाे भेलाले अाज सुवेदीको नेतृत्वमा १२ सदस्यीय प्रादेशिक सहकारी संघ गठन गरेको हाे । बाँके जिल्लामा सहकारी संघका विभिन्न पद हुँदै जिल्ला संघकाे नेतृत्व गरिरहेका सुवेदी कुशल नेतृत्वकर्ता, मिलनसार र सक्षम नेतामा पर्नु हुन्छ ।

प्रादेशिक सहकारी संघमा बाँके जिल्लाबाट नै एकता शाह पनि संघकाे सदस्य चयन हुन भएको । सरकारको तीन खम्मे विकास अवधारणामा सहकारी पनि एक खम्बा हाे । सुवेदीले प्रदेश ५ काे सहकारी अभियानलाई सशक्त बनाउने जिम्मेवार पाएकाेले अागमी दिनमा सुवेदी नेतृत्वको टिमका लागि अवसर र चुनाैती उत्तिकै छ ।

यस्तै अन्य पदाधिकारीहरु उपाध्यक्षमा बिष्णु प्रसाद पौडेल नवलपरासी,सचिवमा रुप बहादुर खत्री दाँग,कोषाध्यक्षमा कृष्ण बहादुर जिसी पाल्पा , सदस्यहरुमा बाँकेबाट एकता शाह,लक्ष्मी प्रसाद शर्मा बर्दिया गरी ८ जना गरी १२ जनाको तदर्थ समिती चयन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *