वन कानुन परिमार्जन गर्नु पर्ने वन पैदावार व्यवसायीको माग


बाँके । नेपाल वन पैदावार उद्योग व्यवसायी संघ बाँकेको सातौ साधारण सभा नेपालगन्जमा शनिबार सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन नेपाल वन पैदावार उद्योग व्यवसायी संघका केन्द्रीय निर्वतमान अध्यक्ष कपिल अधिकारीले गर्नु भएको थियो । उहाँले काठ व्यवसायीका समस्या समाधान गर्न राज्य सहयोग नगरेको बताउनु भयो । काठ व्यवसायीका लागि विद्यमान केही ऐन कानुनहरु व्यवहारिक नभएको भन्दै अधिकारीले ती ऐन कानुनलाई समय सापेक्ष परिवर्तन गर्नु पर्ने वताउनु भयो ।
साधारणसभाको अवसरमा संघलाई सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । केहीलाई विभिन्न विधामा नगदसहित सम्मान समेत गरिएको बताइएको छ । साधारणसभामा व्यवसायी, विभिन्न राजनितिक दलका प्रतिनिधी, डिभिजन वन कार्यालय बाँकेका प्रतिनिधी, समाजसेवी लगायतको उपस्थिती रहेको थियो । साधारण सभा संघका अध्यक्ष सुरेश चन्दको अध्यक्षमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *