महासंघले संस्थागत गरिमामा आँच पुग्ने गतिविधिमा समीक्षा


बाँके । नेपाल पत्रकार महासंघ बाँके शाखाले आज सर्वपक्षीय छलफलको आयोजना गरी महासंघको संस्थागत गरिमामा आँच पु¥याउने गरी भइरहेका निरन्तर आक्रमण र पेसागत हकहितविरोधी गतिविधिको गम्भीर समीक्षा ग¥यो ।
महासंघले आज प्रेस विज्ञप्ती मार्फत नेपाल पत्रकार महासंघको गरिमा कही कतैबाट आँच पुग्ने गरी कसैले काम र गतिविधि नगर्न अनुरोध गरेको छ । पत्रकार महासंघले पूर्व अध्यक्ष तथा नेताहरु र आस्थाका संगठनहरुको सुझावका आधारमा महासंघको गरिमालाई कायम राख्ने विज्ञप्तीमा मार्फत बताएको छ ।
सर्वपक्षीय छलफलमा प्रदेश ५ महासचिव भेषराज बस्नेतको विशेष उपस्थितिमा शाखाका पूर्वअध्यक्षहरु, सल्लाहकारहरु, पूर्व केन्द्रीय पदाधिकारी, आस्थाका संघसंगठनका प्रतिनिधि, अग्रज पत्रकार सहभागी बैठक गरेको जनाएको छ ।
नेपाल पत्रकार महासंघका विषयमा केन्द्रित रहेर भए गरेका विषयमा अग्रज र महासंघका सदस्यहरुले दिएको सुझावका आधारमा छलफलबाट प्राप्त सुझावका आधारमा निकट कार्यसमिति बैठकले पेसागत गरिमा, महासंघको ऐतिहासिक धरातल एवम् पत्रकारहरुको आपसी एकता र सद्भाव बिथोल्ने गतिविधिमा संलग्न जो कसैलाई पनि निरुत्साहित पार्न तथा पत्रकार आचारसंहिता, महासंघको विधानको पूर्ण परिपालनामा प्रतिबद्ध गराउने वताएको छ । सचिव तिलक गाउँलेले जारी गरेको विज्ञप्तीमा नेपाल पत्रकार महासंघको गरिमामा आँच पुग्ने गरी कुनै पनि गतिविधि नगर्न अनुरोध गरेको छ । यसका साथै नेपाल पत्रकार महासंघको विधान र आचारसंहितालाई पूर्ण कार्यान्वयन गर्न सम्पूर्ण पत्रकारहरुलाई अनुरोध समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *