एन.आई.सी.एशिया बैंक २२ औं वर्ष २२ सुविधा


बाँके । एन.आई.सी.एशिया बैंकले २२ औं वर्ष प्रवेश गरेको अवसर ग्राहकलाई २२ सुविधा सहित विभिन्न प्रकारका आकर्षक बचत खाता कार्यक्रमको पनि घोषणा गरेको छ ।
बैंकले आज नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै बार्षिक उत्सवको अवसरमा १५ नयाँ चमत्कारिक बचत निक्षेप योजना एक साथ घोषणा गरेको छ । बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने मुल नाराका साथ ग्राहक आकर्षण गरेको छ ।
पत्रकार सम्मेलनमा चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता, चमत्कारिक जेष्ठ नागरिक खाता, चमत्कारिक बाबुनानी बचत खाता, चमत्कारिक विद्यार्थी बचत खाता, चमत्कारिक स्वरोजगार खाता र कर्मचारीका लागि चमत्कारिक तलब बचत खाता संचालनको योजना ल्याएको क्षेत्रीय कार्यालयका डिल्लीराज खनालले जानकारी दिनु भएको थियो ।
बैंकले १५ लाख सम्मको दुर्घटना विमा १५ लाख सम्मको १८ घातक रोगको विमा योजना ल्याएको सम्मेलनमा जानकारी दिईयो । यसका साथै १ लाख ५० हजार सम्मको औषधी उपचार विमा सुविधान दिने घोषणा गरेको थियो ।
देशभर २८१ शाखा कार्यालय रहेको बैंकले अनलाइनबाट पनि सुविधा प्रयोग गर्न सकिने बताएको छ । बचत खातामा पनि मुद्दती खाताकै सुविधान दिने दावी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *