बाँकेकी किरण आचार्यलाई ‘नइ बुलु शर्मा पुरस्कार’


बाँके । नइ प्रकाशनद्वारा उपत्यका बाहिर बसेर नेपाली भाषासाहित्य र शिक्षासेवामा निरन्तर समर्पित रहँदै पुर्याएको विशिष्ट योगदानका निम्ति नेपालगञ्जकी श्रीमती किरण आचार्यलाई ‘नइ बुलु शर्मा पुरस्कार’ समर्पण गर्ने निर्णय गरिएको छ ।
नइ प्रकाशनद्वारा मन, वचन र कर्मले स्वास्थ्यविज्ञानमा समर्पित भई जनस्वास्थ्यका लागि अनुकरणीय योगदान पुर्याउने प्रा.डा.महेश खकुरेललाई ‘नइ खरा प्रदीप्ति पुरस्कार’ समर्पण गर्ने निर्णय गरिएको छ ।

नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि सृजनात्मक र सङ्गठनात्मक रुपमा समर्पित भई देशदेशान्तरमा नेपालीभाषा र साहित्यको गरिमा बढाएबापत श्री मोहन दुवाललाई ‘नइ ईश्वरवल्लभ पुरस्कार’ समर्पण गर्ने निर्णय गरिएको छ ।
यी पुरस्कारका राशि जनही पचास हजार रूपियाँ रहेका छन् । नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।
शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १००औं शुभजन्मोत्सवका अवसरमा आगामी वैशाख २८ गते काठमाडौंमा शताब्दी पुरुषकै हातबाट नइ पुरस्कारहरू समर्पण गरिनेछन् । नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *