अबिकसितबाट बिकासोन्मुख देशको सूचीमा पुर्याउँछ : प्रधानमन्त्री

बाँके । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औं पञ्चबर्षीय योजना देशको पहिचान बदल्ने दस्तावेज रहेको ठोकुवा गर्नुभएको छ । राष्ट्रिय विकास परिषदको बैठकलाई आज समापन गर्दै प्रधानमन्त्री ओलीले सो ठोकुवा गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएपछिको पहिलो पञ्चबर्षीय योजना भएकोले यसले परिवर्तित सन्दर्भहरुलाई विशेष प्राथमिकता दिएर उठाएको बताउनु भयो । प्रधानमन्त्री ओलीले यसै योजनाकालमा नेपालले अविकसित मुलुकको सुचीबाट विकासोन्मुख देशको सुचीमा पुग्ने ठोकुवा पनि गर्नुभयो ।

‘१५औं पञ्चबर्षीय योजनामा नेपालले धेरै उपलब्धी हासिल गर्दछ । सबभन्दा ठुलो कुरा अविकसित देशको सुचीबाट हामी विकासोन्मुख देशमा परिणत हुनेछौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘हाम्रो देशमा भएका शिक्षा, स्वास्थ्य, गरिबी, शुसाशन आदिका क्षेत्रबाट अविकसित देशको ‘अ’ हटाउनेछौं । त्यस कारण यस योजनाले नेपालको परिचय बदल्दछ ।’

प्रधानमन्त्री ओलीले यही योजनाकालमा राष्ट्रिय उत्पादनमा ५० प्रतिशत वृद्धि गर्ने जानकारी पनि दिनुभयो । नेपालमा भएको शासन प्रणाली विश्वका उत्कृष्ट व्यवस्थामा पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘कतिपयले सरकारले अधिनायकवाद ल्याउछ कि भन्छन तर होइन यो सरकारले समाजवाद ल्याउछ । समृद्धिसँगै सामाजिक न्याय र समानता उपलब्धी हुनसक्यो भने समाजवाद आउछ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘हामी राजनीतिक, आर्थिक, सामाजिक न्याय, समानता, उत्थान, विकास, मानव सुचकांक, वातवरणीय सजगता, साँस्कृतिक चेतना हरेक दृष्टिकोणले देशलाई समृद्ध बनाउदैछौं ।’

प्रधानमन्त्री ओलीले प्रष्तुत गरेको १५ औं पञ्चबर्षीय योजनाको प्रस्तावलाई बैठकले सर्वसम्मत रुपमा पास गरेको छ । जस्मा आर्थिक बृद्धिदर १० दशमलव ३ प्रतिशतमा पुर्याउने लक्ष्य निर्धारण गरिएको छ ।यो खबर जनता टाइममा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *