कार्यवहाक मेयर वर्माले रातभर सडक बत्ति मर्मत जुटेर झिलिमिली


बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष दीपक बर्माले कार्यवहाक मेयरको जिम्मेवारी पाए पछि लामो समय देखि नेपालगन्ज नगर क्षेत्रको मुख्यबाटो सुर्खेतरोडका सडक बत्ति रातिमा मर्मतको अगुवाई गर्नु भएको छ ।
सुर्खेतरोडको जमूनाहदेखि कारकादौंसम्म १५० वटा सोलार प्यानल रहेकोमा करिब तीनदर्जन बिग्रेको पाइएको कार्यवहाक मेयर बर्माले जानकारी दिनु भयो । बुधबार रातीदेखि सुर्खेतरोडमा रहेका सबै सोलारबत्तीको प्राविधिक परीक्षण सुरु गरी बिहिवार विहानदेखि मर्मतसम्भारको काम सुरु गरेर सोलार बत्ती झिलिमिली पारिने बर्माले बताउनु भयो ।


रातभर वर्मा आफै सडकमा खट्टिनु भएको छ । महिनौ.सम्म पनि सोलार प्यानलको मर्मत नभएपछि कार्यबाहक मेयर बर्माले बुधबार प्राविधिक कर्मचारीलाई लिएर राती मर्मतसंभारमा जुट्नु भएको हो ।
यसअघि दिउसो प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेल, प्रबक्ता प्रमोद रिजाल, वडा नम्बर ६ का अध्यक्ष समीरप्रतापसिंह सहित बुधबार दिउसो कार्यबाहक मेयर बर्माले ल्याण्डफिलसाईटको स्थलगत अनूगमन गरी जानकारी लिर्दै बैशाखदेखि फोहोर ब्यवस्थापन कार्य सुरु हुने गरी निर्माणमा तिव्रता ल्याउन निर्देशन दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *