अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध

बाँके । सरकारले अत्यावश्यक सेवाका क्षेत्रमा हड्ताल गर्न नपाइने भएको छ । गत चैत १४ गतेको मन्त्रिपरिषद बैठकले अत्यावश्यक क्षेत्रमा हड्ताल गर्न नपाइने निर्णय गरेको हो ।
बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै टेलिफोन, जल, स्थल वा हवाई यातायात, रेलमार्ग,  सञ्चार सेवाका क्षेत्र, खानेपानी वितरण तथा सञ्चालन, पर्यटन, होटल, एलपी ग्यास, अस्पताल एम्बुलेन्स, औषधि उत्पादन फोहोर मैला व्यवस्थापन विद्युत, दैनिक खाद्य बस्तु लगायतका क्षेत्रमा अवदेखि हड्ताल गर्न नपाइने गरी निर्णय गरेको भन्दै यसबारे छिट्टै राजपत्रमा सूचना प्रकाशित गरिने बताए ।

बैठकले सवारी साधनको सडक उपभोग दस्तुरमा वृद्धि गरी उपयुक्त बमोजिमको सडक उपभोग दस्तुरसम्बन्धी सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय  पनि गरेको छ  ।

यस्तै युनाइटेड सिमेन्टको नौविसेस्थित सिमेन्ट कारखानासम्म जानको लागि बाटाे बनाउन धादिङकाे धुनेबेसीमा रहेकाे ० दशमलब १७ हेक्टर बन फडानी गर्ने निर्णय पनि गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *