बारको निर्वाचनमा प्रगतिशिल समूहको अग्रता

बाँके । कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले आफ्नो अग्रता कायमै राख्नुभएको छ । पाँच हजार ७ सय ४४ मतगणना सकिँदा अध्यक्षका उम्मेदवार श्रेष्ठले २ हजार ७ सय ५७ मतका साथ अग्रस्थान लिनुभएको हो ।

मतगणनामा उहाँलाई बृहत लोकतान्त्रिकका तर्फबाट अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेल २ हजार ७ सय ०५ मतका साथ पच्छ्याइरहनु भएको छ । हिजो साँझबाट अग्रता लिनुभएका श्रेष्ठले पोखरेल भन्दा ५२ मतले अग्रता कायम गर्नुभएको हो ।

महासचिवमा भने लोकतान्त्रिक समूहका लिलामणि पौडेलले दुई हजार ८ सय २७ मतका साथ अग्रता लिनुभएको छ भने निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापाले २ हजार ५९२ मत ल्याएर पछ्याइरहनु भएको छ । मत गणना आजै सकिने निर्वाचन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *