नेपालमा कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास


भाग २

अंग्रेजी साम्राज्यवाद तथा राणाशाहीको कडा सेन्सरको वावजुद भारतमा प्रकासशित हुने विभिन्न भागहरुका साथै राजधानी काठमाडौंमा पनि पुग्दथे । यसै दोरानामा सामाजवादी साहित्यहरु पनि नेपाली कान्तिकारीहरुलाई उपलब्ध हुन्थे । सामाजवादी साहित्यबाट हाम्रा क्रान्तिकारीहरु अत्यन्तै प्रभावित तथा उत्साहित हुन्थे । एकचोटि टंकप्रसादजीसँग नेपालको कम्युनिष्ट आन्दोलनका बिषयमा मेरो वादविवाद हुदाँ उहाँले यो भन्नु भएको थियो–“माहिला भाइ, नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास लेख्दा पहिलो कम्युनिष्ट दशरथ चन्दले राल्फ फक्सका “कम्युनिष्ट” नामक पुस्तक पढ्दथे र त्यसबाट उनले प्रेरणा लिएका थिए । ” दशरथ चन्द र गंगालालमा गहिरो दोस्ती थियो । राणाको कैदमा उनिहरु दुवै एकै कोठामा थिए र उनिहरुले शहीदत्व पनि एकै थलोमा, केही छिनको घटीबढीमा प्राप्त गरे । एक दिनको कुरा हो । जब म केटाकेटी नै थिए । गंगालाल आफ्ना साथिहरुसँग राजनितिक विवादमा व्यस्त थिए । उनिहरुले धेरै विवाद गरे। सबै मेरो दिमागमा अडने । मेरो दिमागमा केवल दुईवटा कुरा अडे, ती हुन् – रुसमा एक त ईश्वरको अस्तित्व छैन , अर्को त्यहाँ भोका –नाङ्गा छैनन् । यसरी मैले जीवनमा भौगोलिक रुपमा होइन, सामाजिक र राजनीतिक रुपमा रुसको नाम पहिलोचोटि सुनेर म त्यहाँको समाजवादी व्यवस्थाप्रति आर्कषित भए । ०९७ सालको काण्डपछि म पनि नेपालको राजनितिक विचार– गोष्ठीहरुमा सरिक हुन थालें । यस्तै गोष्ठीमध्ये जोर गणेश प्रेसमा गोपालप्रसदा रिमाल, विजयबहादुर मल्ल आदिका बीचमा अन्तर्राष्ट्रिय राजनीतिको बहस हुँदा दोस्रोचोटि मैले रुसको नाम सुनें । सो गोष्ठीमा कुनै एक मित्रले भने – “रुसमा भुमिसुधार हुँदा एक चोथाई जमीन बढ्यो ।” यसको कारण दिँदै उनले भने –“ जमीनको राष्टियकरण गर्दा आलीनाली मासिएकाले ।” त्यसै दौरानमा मैले एक मित्र सूर्यबहादुर भारद्धाजमार्फत विश्वप्रसिद्ध समाजवादी साहित्य “ आमा ” नामक गोर्कीको उपन्यास पढें । यसरी क्रमिक रुपबाट कम्युनिष्ट विचारधाराले मलाई प्रभावित र उत्साहित गर्दै लगेको थियो ।

नेपालको पहिलो कम्युनिष्ट को हो ? र कसरी कम्युनिष्ट विचारधाराप्रति आर्कषित भयो भन्ने कुरा यो हो कि नेपालको राजनितिक रंगमञ्चमा कम्युनिष्ट विचारधारा उत्पन्न भयो र त्यसले पीढी दरपीढिलाई असर गर्न थाल्यो । ०९७ सालको पर्वभन्दा पहिले यो विवालमा मात्र सीमित थियो भने त्यसपछि संगठित रुप लिन थाल्यो ।

०९७ सालको काण्डपछि प्रेमबहादुर , सूर्यबहादुर , शम्भुराम तथा पुष्पलाल चारजनाको एक राजनैतिक दल बन्यो । हामीहरु आपसमा सम्बोधन गर्दा “ कमरेड ” र अभिवादा गर्दा “ लालसलाम” भन्न थाल्यौं । यस दलको नेता नछानिएर तापनि प्रेमबहादुर नै नेताको रुपमा थिए । हामिहरुमध्ये सबभन्दा बढी राष्ट्रिय, अन्तर्राट्रिय ज्ञान उनैलाई थियो । त्यसबखत उनि पटनामा पढ्दथे । उनको सम्पर्क त्यहाँ एम. एन. रायको दलसँग रहेछ र उनीमाफत नै हामीहरुले ू क्ष्लमभउभलमभलत क्ष्लमष्बू नामक राय ग्रुफको पत्रिका केहिप्रति पढ्न पायौं । त्यसवेलासम्म हामीलाई यो थाहा थिएन कि एम. एन. रायलाई अन्तर्राष्ट्रिय कम्युनिष्ट सघंले निष्काशन गरेकको थियो । पछि प्रेमबहादुरले सुस्तरी स्टादिनका विरुद्ध रायका पक्षमा कुरा गर्न थाले । हामीले यो सोद्धा कि स्टालिनजस्तो सर्वमान्य नेताको साटो एम.एन. राय नजिकको लाई मान्नु राम्रो हुनेछ । उनको यस तर्कले हामीलाई चित्त बुझाउन सकेन र फलत उनि हामीबाट अलग हुँदै गए बाँकी रहेका हामी तीनजनाको घनिष्टता बढ्दै गयो । उनि पटनामा पढ्ने हुदाँ पनि यो कुरा हुन गएको हो ।
भित्री रुपमा हामी चारजनाको यो दल थियो भने बाहिरीरुपमा हामीले पहिले प्रजापरिषद्को नाममा नै काम गरिराखेका थियौं र यसको सुराक सरकारलाई लागेपछि नेपाल प्रजातन्त्र संघको गठन गरी त्यसैमार्फत काम गरेका थियौं । यो प्रजातन्त्र संघको परेड गीत यस प्रकारको थियो –
“पहाड – पर्वत, खोला– नाला, जग्गा – जमिन सबको
मालिक हामी दास बनौ किन
हिस्सा सबमा सबको”
नाश गरौं यो राणाशाही
ध्वस्त गरौं यो तानाशाही
जाऔं क्रान्ति गरौं, अब क्रान्ति गरौं”

जहाँसम्म मलाई लाग्दछ यो परेड गीत नेपाली सर्वहारा सुकुम्वासीको भावनालाई अभिव्यक्त गर्ने प्रथम नेपाली साहित्य हो ।
यसैताका भारतमा पनि भारतीय कांग्रेसमध्यबाट केही बामपन्थी हिस्सा एक कम्युनिष्ट र अर्को समाजवादी दलको विकास भैराखेको थियो । भारतीय कम्युनिष्ट पार्टीको रुपमा कार्य गरिरहेको थियो भने समाजवादीहरु कांग्रेसकै समाजवादी दलको रुपमा कार्य गरिरहेका थिए । अतः भारतीय कांग्रेस विशेष गरी गान्धीजी का प्रभावमा अमर शहीद शक्रराज शास्त्री , तुल्सीमेहर आदिमा र कम्युनिष्टको प्रभाव विश्वेश्वर कोइराला, कृष्णप्रसाद भट्टराई आदिमा र कम्युनिष्टको प्रभाव डिल्लीरमण रेग्मी , मनमोहन, गोपालप्रसाद भट्टराई आदिमा पर्न गएको थियो ।
भारतीय कांगे्रसको अंग्रेजी सामाज्यवादसँगको सम्झौतापरस्त नीती असफल भएको वेलामा शान्तिपूर्ण असहयोगात्मक नीतिदेखि असन्तुष्ट भएर भारतिय जनवादी आन्दोलनमा देखापरेका क्रान्तिकारीहरु उत्तरोत्तर बामपन्थी दिशातिर झुक्दै गैराखेका थिए । त्यसमा भारत सिंह , चन्द्रशेखर आदिहरु आतंकवादी राजनितितिर लागे भने मुजफ्फर अहमद, घाटे,डाँगे तथा पी. सी. जोशीहरु भारतीय कम्युनिष्ट आन्दोलन निर्माण गर्नतिर लागे र जयप्रकाश , लोहिय, अच्युत बर्धन तथा अरुणा आफस अलीजस्ता समाजवादी आन्दोलनतिर लागे । कांग्रेसको सम्झौतापरस्त नीतिको समाजवादी तथा कम्युनिष्ट दुवै वामपन्थी दलले विरोध गरे तापनि तत्कालीन भारतीय जनताको साझा दुश्मन अंग्रेजी साम्राज्यवादका विरद्ध दुवै बामपन्थी शंक्तिले संयुक्त मोर्चा बनाई संघर्ष गर्नुको साटो एकले अर्काेलाई फुटेको आँखाले पनि हेर्न सक्तैन थिए । एक अर्काका बीचमा राजनितिक प्रतिस्पर्धाभन्दा एकले अर्कोलाई विदेशीको गुमस्ता सावित गर्नमा नै व्यस्त रहन्थे । फलत ः उनिहरुका बीचमा कटुता र वैमनश्यता प्रतिपल बढ्दै गइरहेको थियो । भारतीय राजनितिक क्षेत्रमा देखापरेको यो वैरभाव नेपालको राजनीतिमा पनि देखापर्न आयो र पछि गई नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीका बीचमा जुन बैरभाब बढयो –त्यसमा अरु कतिपय राजनीतीक कारणको अलावा यो पनि एउटा मुख्य कारण बन्न गएको थियो । यस कुरालाई पछि यथास्थनमा व्याख्या गरिनेछ ।

यसैवीच हामीहरुका साथीहरुमध्ये शम्भुराम पश्चिम बंगाल ( भारत) को पूर्वी नेपालसँग साँध जोडिएको दार्जेलिङ्ग जिल्लामा गए । काठमाडौं –कुती वीचको परम्परागत व्यापार मार्गलाई बन्दगरी कालिङ्ग तथा कालिङ्गपोङ्गतिर पनि खोलिएका थिए । फेरी दार्जेलिङ्गमा नेपाली राजनितिक शरणार्थीहरु पनि प्रवासी जीवन विताइरहेका थिए । त्यसताका त्यहाँको चिया बगानमा भारतीय कम्युनिष्ट पार्टीको गतिविधि चर्केर गएको थियो । शम्भुराज त्यहाँबाट फर्केर आएपछि हामीले काठमाडौंमा थाहा पायौं कि त्यहाँ सुशील चटर्जी नामक एक बंगाली कम्युनिष्ट मुख्य संगठनकर्ता रहेछन् । उनले दार्जेलिङ्गमा आई गणेशलाल सुब्बा र रतनलाल ब्राम्हण दुवैसँग सम्र्पक गरी कम्युनिष्ट विचारधारामा मोडेपछि त्यहाँ कम्युनिष्ट पार्टीको गतिविधि बढ्न गएको रहेछ । गणेशलाल सुब्बा तीखो दिमागका बुद्धिजीवी र रतनलाल लडाकु भएको हुदाँ त्यहाँ कम्युनिष्ट पार्टीको संगठन बढ्न सजिलो भएको कुरा थाहा पाइयो । त्यसताक रतनलाई दार्जेलिङ्गमा रविन हुड भनी प्रचार गरिएको थियो । त्यहाँका कम्युनिष्ट कार्यकर्ताहरुको कर्मठता चियावगानका मजदुरहरुको बहादुरीपूर्ण संघर्षको कहानी र सुशील चटर्जीको पाको बुद्धिमतापूर्ण व्यवहार आदि सुन्दा हाम्रो उत्साह अझै बढ्यो । यस कुराले कम्युनिष्ट सिद्धान्तप्रति अझै आस्था बढाइदियो ।

यसरी हामीहरु कम्युनिष्ट सिद्धान्ततिर आर्कषित हुँदै थियौं तर त्यसबखत हामीमा माक्र्सवादी सैद्धान्तिक ज्ञान तथा कम्युनिष्ट कार्यपद्धतिको नितान्त अभाव थियो । त्यसवखत हामी केवल भावनावादी थियौं । जनताका विभिन्न अंगलाई उनीहरुकै जनवर्गीय संगठनमा संगठित गरी उनीहरुकै मागका आधारमा उनीहरुलाई आर्थिक र राजनीतीक
सघर्षको मैदानमा उतार्नु पर्दछ भन्ने ज्ञान विल्कुलै थिएन । बर्गसंघर्ष नै समाज विकासको नियम हो भन्ने माक्र्सवादको मौलिक कुराको पनि ज्ञान थिइन । हामीलाई राणाशाहीप्रति तीव्र घृणा थियो र यसले गर्दा स्वभावतः अंगे्रजी साम्राज्यवादीरोध घृणा हुने नै भयो । हामीहरुलाई त्यसबखत भारतीय कम्युनिष्ट तथा समाजवादी दलहरुलाई नदेखी प्रमुख रुपमा भारतीय क्रांगेसका नेता गान्धी तथा नेहरुलाई नै देख्दथ्यौं ।

द्धितीय विश्वयुद्ध समाप्त भएपछि नेपाली फौज काठमाडौमा फार्कियो । त्यसबखत हामीहरुले राणाशाहीका विरुद्ध फर्किआएका नेपाली जवानहरुका नाममा गुप्तरुपले पर्चा गरेका थियौं । त्यसरी मलाई याद छ हामीले नेपाली राष्ट्रिय एकताका विषयमा सोच – विचार गरेका थियौं । यसबाट हामी चिन्तिन भयौं र समाधानका निम्ति नेपालको राष्ट्रभाषाका रुपमा न नेपाली न नेवारी परन्तु हिन्दी गर्ने भनी बहस टुङग्यायौं । त्यसबखत भारतीय जनआन्दोलन र हिन्दीका प्रगतिशील पत्रपत्रिका र पुस्तकहरुको ठुलो असर हामीमा थियो । त्यसबखत नेपालमा हिन्दी बोल्नु पनि एउटा सम्मानको कुरा थियो । यस्तो अवस्थामा हिन्दी राष्ट्रभाषा गर्दा नेपालीभाषी तथा नेवारीभाषी दुवै एक जुट हुन सक्दछन् भन्ने हाम्रो सोचाइ थियो । यो सोचाइले नै सिद्ध गर्दछ कि हामी सैद्धान्तिक रुपले कति काँचा रहेछौं र हामीलाई आफ्नो देशको वस्तु–स्थितिको कति कम ज्ञान रहेछ । अतः हामी त्यसबखत केवल भावनावादी तथा कम्युष्टि मनधारी मात्र थियौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *