कवड्डी संघले माइकिङ गर्दै प्रचार गर्ने


बाँके । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार प्रसार नेपाल कवड्डी संघले गर्ने भएको छ । प्रतियोगितामा जनसभागिता गराउन संघले जिल्लाभर प्रचार प्रसार गर्ने भएको हो ।
प्रतियोगिता हुनुभन्दा दुई दिन अघि संघले बाँके जिल्लाको विभिन्न स्थानमा आठौँ राष्ट्रिय प्रतियोगिताको जानकारी सहितको माइकिङ गर्ने संघका अध्यक्ष डम्बर थापाले जानकारी दिनुभयाे । उहाँले कोहलपुर, बनकटवा, कुसुम, कम्दी, खजुरा, बेतहनी, फत्तेपुर, राँझा लगायत स्थानमा माइकिङमार्फत प्रचार प्रसार गरिने बताउनु भयाे।
मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीसँग भएको छलफलमा संघले आठौँको प्रचार प्रसारका लागि माइकिङ गर्ने सहमति भएको संघका अध्यक्ष थापाले बताउनु भयाे । ‘प्रतियोगितालाई सफल बनाउने दायित्व सरकारको मात्र हाम्रो पनि हो, प्रतियोगितालाई सफल बनाउन हाम्रो पनि सहयोग हुनुपर्छ भन्ने हाम्रो उद्देश्य हो,’ उहाँले भन्नू भयाे।
छलफलमा क्षेत्रीय अध्यक्ष ओलीले प्रतियोगितालाई सफल बनाउन गाउँ–गाउँबाट, बस्ती–बस्तीबाट उठ्नु पर्ने बताउनु भयाे । ‘यो हामी सवैको साझा कार्यक्रम हो, यसमा सिंगो बाँकेबासीको इज्जत जोडिएको छ,’ उहाँले भन्नु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *