पत्रकार महासंघ बाँकेले तीन कोठे भवन बनाउदै


बाँके । नेपाल पत्रकार महासंघ बाँके शाखाको तीन कोठे भवनको संघीय शहरी विकास मन्त्री एवम् बाँके क्षेत्र नं.२ का साँसद मोहमद इस्तियाक राईले आज बुधबार शिलान्यास गर्नु भएको छ ।
नेपाल पत्रकार महासंघको हाल रहेको भवनको उत्तरतर्फको जमिनमा व्यवसायिक प्रयोजनका लागि प्रयोग हुने गरी तीन कोठे भवन निर्माण गर्न लागेको शाखा अध्यक्ष ठाकुरसिंह थारुले वताउनु भयो । शिलान्यास कार्यक्रमलाई संबोधन गर्दै मन्त्री राईले पत्रकार र पत्रकारिता क्षेत्रको विकासका लागि आफु जहिले पनि अग्रसर रहने वताउनु भयो । मन्त्री राईको निर्वाचन पूर्वाधार विकास कार्यक्रमबाट ५ लाख सहयोगमा भवन निर्माण सुभारम्भ गरिएको अध्यक्ष थारुले वताउनु भयो ।
नेपाल पत्रकार महासंघ बाँके शाखासँग रहेको जमिनमा गरिब, विपन्नको आयस्तर बृद्धिका लागि व्यवसायिक प्रयोजनका लागि बाँकी जमिनमो लागत स्टमेट बनाए पछि आफुले सो भवन निर्माणका लागि थप सहयोग समेत गर्ने मन्त्री राईले वताउनु भयो । परिवर्तित समय अनुसार महासंघका लागि सहयोग गर्ने पत्रकारिता क्षेत्रले समाज विकासका लागि पनि योगदान पुगाउन उहाँले अनुरोध गर्नु भयो ।
सरकार पत्रकार र पत्रकारिता क्षेत्रको विकासका लागि जहिले पनि तयार रहेको मन्त्री राईले वताउनदै आगमी दिनमा अझै सहकार्य गर्ने वताउनु भयो । कार्यक्रम प्रदेश नं. ५का प्रदेश सभा सदस्य एवम् विकास समितिका सभापति विजयबहादुर यादव, संघीय समाजबादी फोरमका जिल्ला अध्यक्ष कमरुद्धिन राई, पत्रकार महासंघका संस्थापक अध्यक्ष लियाकत अलि लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *