वडा नं.१८ ले सामाजिक सुरक्षा भत्ता वितरण सुरु


बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ले सामाजिक सुरक्षा भत्ता दोस्रो किस्ताको रकम लक्षित वर्गलाई आजबाट वितरण सुरु गरेको छ । सामाजिक सुरक्षा भत्ता सेन्चुरी कमर्सियल बैंकका प्रतिनिधहरुवाट नै वितरण गरिएको र लाभ ग्राहिहरुलाई उपस्थितिमा वितरण गरिएको वडा सचिब मनोज रिजालले जानकारी दिनु भयो ।


सामाजिक सुरक्षा भत्ता जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, एकल महिला, दलित बालबालिका, पूर्ण अपाङ्ग र आंसिक अपाङ्ग गरी जम्मा ७ सय २७ जनालाई फागुन २० देखि २२ सम्म वडा कार्यालयबाटै वितरण गर्ने व्यवस्था मिलाईएको वडा अध्यक्ष दीपककुमार वर्माले जानकारी दिनु भयो ।

सामाजिक सुरक्षा भत्ता लिनका लागि परिवारमा सदस्यको सहयोगमा वडा पालिकामा आएर लिनका लागि यो व्यवस्था गरेको वडा सदस्य दीगविजय ढुङ्गानाले वताउनु भयो । नेपाल सरकारको नियमानुसार सामाजिक सुरक्षा भत्ता वर्ष तीन पटक वितरण गरिन्छ जसमा यो दास्रो किस्ता वितरण गर्न लागिएको हो ।

नेपाल सरकारले निकास गर्न साथ लक्षित नागरिकलाई तुरुन्तै उहाँलाई बुझाउने व्यवस्था गरेको र अन्तिम तथा तेस्रो किस्ता असार मसान्त सम्म प्रदान गरिने अध्यक्ष वर्माले जानकारी दिनु भयो । आज पहिलो दिन १ सय २० जनालाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिने वडा सचिब रिजालले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *