सडक बत्तिको समस्या समाधान हुन्छः कार्यवहाक मेयर वर्मा


बाँके । नेपालगन्ज उपमहानगरपालिकाको कार्यवहाक मेयरको जिम्मेवारी वडा नं. १८ का अध्यक्ष दिपकुमार वर्माले जिम्मेवारी पाउनु भएको छ । मेयर डा. धवर सम्सेर राणा नेपालगन्ज बाहिर जानु भएकोले कार्यवहाक वर्मालाई जिम्मेवारी दिईएको हो ।
कार्यवहाक मेयर वर्माका अनुसार नियमित काम बाहेक नेपालगन्ज बजार क्षेत्रमा रहेका सडक बत्तिहरु विगत लामो समय सम्म नबलने जनगुनासो आएकोले त्यसका आजै अवस्था अध्ययन गरी मर्मत गरिने वताउनु भयो । नेपालगन्जको सुर्खेतरोडमा जडान भएका अधिकांस वत्ति बल्दैनन, मर्मतका लागि के कति र कसरी गर्न सकिन्छ आज प्राविधिकहरुसँगको सल्लाहमा साँझ मर्मत गरिने कार्यवहाक मेयर वर्माले बताउनु भयो ।
कार्यवहाक जिम्मेवारी पाएका मेयर वर्माले यसका साथै सडकका विभिन्न स्थानमा रहेका खाल्डाखुल्डी मर्मतका लागि पनि जनगुनासा आएकोले त्यसको व्यवस्थापन पनि गरिने वताउनु भयो । वडाको वडाको कामका साथसाथै उपमहानगरपालिकाको काम पनि गर्नु पर्ने भएकोले समय व्यवस्थापन गर्दै काम गरिरहेको उहाँले वताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *