जेष्ठ नागरिकका लागि दिवा सेवा आश्रयस्थल निर्माण गरिने


बाँके । कोहलपुर नगरपालिका वडा नं. ११ बनबाटिका पार्कमा जेष्ठ नागरिक दिवा सेवाका लागि ट्रष्ट निर्माणका लागि शिलान्यास गरिएको छ । वडा नं. ११ का अध्यक्ष कर्णबहादुर थापाले शनिबार ट्रष्ट निर्माण कार्यको शुभारम्भ गर्नु भएको हो ।
ट्रष्ट निर्माणका लागि १५ लाख लागत लाग्ने भएपनि कोहलपुर नगरपालिकाले ५ लाख दिएको छ । शिलन्यास कार्यक्रममा आकश सपका संचालक बलराम घिमिरेले दश हजार र सो समितीका सदस्य देबि खड्काले पाँच हजार सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । कार्यक्रममा बोल्दै समितीका अध्यक्ष कृष्ण आचार्यले नगरपालिकाबाट प्राप्त रकम प्रयाप्त नभएको र ट्रष्ट निर्माणका लागि बिभिन्न सहयोगी ब्यक्तिसँग सहयोग लागि समेत अपिल गरेका गर्नु भएको छ ।
निर्माण हुने ट्रष्टमा जेष्ठ नागरिकाका लागि भलाकुसारी गर्ने स्थलका रुपामा निर्माण गर्न लागिएको हो । सो स्थानमा बसेका जेष्ठ नागरिकलाई चिया नास्ताको पनि ब्यबस्था हुने सचिब विष्णु बेल्वासेले जानकारी दिनु भयो । ट्रष्ट जेष्ठ १५ गतेसम्म निर्माण सक्ने योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *