खजुरामा अपाङ्गता परिचयपत्र वितरण


बाँके । अपाङ्गता भएका व्यक्तिहरुले पाउने सेवा सहज र प्रभावकारी बनाउने उद्देश्यले खजुरा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण शुरु गरेको छ । खजुरा गाउँपालिका वडा नं. ८ बाट आज मंगलबारदेखि अपाङ्गता परिचयपत्र वितरण शुरु गरिएको हो ।
विगतमा वितरण गरिएका अपाङ्गता परिचयपत्रलाई अध्यावधिक गर्दै नयाँ परिचयपत्र वितरण शुरु गरिएको जनाइएको छ । खजुरा गाउँपालिलका महिला बालिबालिका तथा समाजकल्याण शाखाले आयोजना गरेको परिचयपत्र वितरण कार्यक्रमको खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले शुभारम्भ गर्नु भयो । सो अवसरमा उनले प्रभावकारी सेवाका साथै सेवा प्रभावहलाई पारदर्शी बनाउन परिचयपत्रले सहजता तुल्याउने बताउनु भयो । उपप्रमुख एकमाया विकको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, वडा नं. ८ का वडाध्यक्ष फिरोज खानले वडाबासीलाई प्राप्त सेवा लिन आग्रह गर्नु भयो ।
चैत २६ गतेसम्म खजुराका ८ वटा वडामा उक्त कार्यक्रम संचालन हुनेछ । वडा नं. ८ मा ४० जना परिचयपत्र लिएको खजुरा गाउँपालिलका महिला बालिबालिका तथा समाज कल्याण शाखा प्रमुख सुशीला न्यौपानेले जानकारी दिनु भयो । अपाङ्गता परिचयपत्र वितरण गर्दा ४ वर्गमा विभाजन गरिएको हुन्छ ।
प्रमुख न्यौपानेका अनुसार क वर्गमा पर्ने ११ जना, ख वर्गमा पर्ने १५ जना, ग वर्गमा पर्ने १० र घ मा पर्ने ७ जनाले परिचयपत्र पाएका छन् । जस मध्ये ११ महिला र २९ जना पुरुष रहेका छन् । क वर्गलाई सरकारले मासिक २ हजार रुपैयाँ, ख वर्गमा पर्नेलाई ६ सय रुपैयाँ मासिक भत्ता उपलब्ध गराउँदै आएको छ भने ग र घ वर्गमा पर्ने अपाङ्गता भएका व्यक्तिले अस्पताल, लाइन बस्दा, सार्वजनिक सवारी, लोकसेवा आयोग तथा अन्य आरक्षणमा सेवा पाउने गरेको उनले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *