हावाहुरीका प्रभावितलाई अनेरास्ववियुले अस्थायी टहरा

बाँके । विनाशकारी हावाहुरीका कारण प्रभावित भएकाहरुको परिवारलाई अनेरास्ववियुले अस्थायी टहरा बनाएको छ ।सत्तारूढ दल नेकपा निकट विद्यार्थी संगठनले १५ वटा अस्थायी टहरा निर्माण गरेको अनेरास्ववियुकी सचिव आरती लामाले बताउनुभयो ।

आइतबारको बिनासकारी आँधीले फेटा गाउँपालिकामा मात्रै २० को ज्यान गएको थियो भने हालसम्म बारा र पर्सा गरेर २७ जनाको मृत्यु थियो ।

आँधीपीडित ठाउँमा हाल गाँस, बास दुबैको समस्या रहेको उहाँले जानकारी दिनुभयो । ‘गाँसको लागि राहत वितरणका लागि आउनेले ल्याइरहनुभएको छ ।

तर, घर भत्किएको ठाउँमा त्रिपाल टाँग्न नमिल्दा पीडितहरू खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन् ।’ उहाँले भन्नुभयो ।

उक्त क्षेत्रमा अखिल क्रान्तिकारी र अनेरास्ववियुको संयुक्त टोलीले अस्थायी टहरा बनाइरहेका छन् ।यो खबर जनता टाईमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *