फोटो बिगारेर फेसबुकमा पोष्ट गर्ने दुई जना पक्राउ

बाँके ।  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो बिगारेर फेसबुकमा पोष्ट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पाका निर्मल गैरे र रुपन्देहीका यम प्रसाद पन्थी रहेका छन ।

ती दुवै अभियुक्तले सम्मानित ब्यक्तिको चरित्र हत्या गर्ने गरी फोटो बिगार्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । अनुसन्धानको क्रममा उनीहरुले जानाजानी अपराध गरेको प्रमाण फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अमार्यादिन फोटो राखेर राष्ट्रपति र प्रधानमन्त्रीको मानमर्दन गर्न खोजेकाले उनीहरुलाई पक्राउ गरी बिद्युतीय कारोबार ऐनअनुसार कारबाही अघि बढाइएको सिआईबीका प्रवक्ता एसपी उमाप्रसाद चतुर्वेदीले बताउनु भयो ।

यो अपराधमा पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ । पछिल्लो समय सामाजिक सञ्जालमा फोटो बिगारेर पोष्ट हुन थालेपछि प्रहरीले कडा निगरानी गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *