दैलेख केन्द्रबिन्दु भएर भूकम्प

बाँके ।  दैलेख केन्द्रबिन्दु भएर  सोमबार राति भूकम्प गएको छ। राति ८ बजेर ४७ मिनेटमा दैलेखको भवानी केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

सोमबार साँझ भूकम्प गएको समयमा नै मेघ गर्जनसहित हावाहुरी पनि चलेकाले जनजीवन त्रसित बनेको थियो । राति साढे ८ बजेतिर सुरु भएको हावाहुरी करिब आधा घण्टा चलेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *