हावाहुरीमा २७ ज्यान गुम्याे, कैयौं नागरिककाे घरबारमा क्षति

बाँके आइतबार साँझ आएको हावाहुरीबाट ठूलो जनधनको क्षति भएको छ। ​हावाहुरीबाट अहिलेसम्म २७ जनाकोमृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हावाहुरीमापरी बारामा २६ र पर्सामा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार अहिलेसम्म २७ जनाको ज्यान गएको छ भनेसयौं घाइते भएका छन । घाइतेको बिभिन्न अस्पतालमा उपचार भइरहेकोछ । भीषण हावाहुरीले बाराको पसौनी, फेटा र सुवर्ण गाउँपालिकामा २६ जनाको मृत्यु भएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआईजी हरिबहादुर पालले बताउनु भयो । पर्साको वीरगञ्ज महानगरपालिका–१२ मा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरै बालबालिका र बृद्धबृद्धाहरु रहेका छन् ।

हावाहुरीका कारण सवारी दुर्घटना हुँदा समेत केही घाइते भएका छन् । हावाहुरीले धेरै सर्वसाधरणको घर समेत उडाएको छ । हावाहुरीका कारण बिजुलीका पोल, रुख र पर्खाल ढलेर सर्वसाधरणलाई किचेको थियो । एक्कासी तीव्र गतिको हावा चलेकाले सर्वसाधरणको भागदौड मच्चिदा ठुलो जनधनको क्षती भएको हो ।

कतिपय घरमै बसेका व्यक्तिको समेत घर भत्किएर मृत्यु भएको प्रहरीको भनाई छ । सुरक्षा निकायले रातभर उद्धार कार्य जारी राखेको बताएको छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धारमा जुटन सवैलाई अपिल गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *