तीन दिनदेखि हुम्लाको सञ्चार सेवा अवरुद्ध

बाँके । हुम्ला जिल्लामा नेपाल टेलिकमको टावरमा खराबी आउदा तीन दिनदेखि हुम्लाको सञ्चार सेवा अवरुद्ध भएको छ । सञ्चार सेवा अवरुद्ध भएपछि सबै क्षेत्रको काम प्रभावित भएको हो ।

नेपाल टेलिकमको नेटवर्क अवरुद्ध भएपछि जिएसएम, सिडिएमए, ल्याण्ड लाईन र इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम हुम्लाले जनाएको छ । शुक्रबार राती नौ बजेबाट एक्कासी नेटवर्कले काम गर्न छोडेको टेलिकमले जनाएको छ । टेलिकमको सिमकोट ६ स्थित छोबाखोरमा रहेको टावरमा खराबी आएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगंजका इन्जिनियर सुशीम पोखरेलले बताउनु भयो ।

शनिबार भएका कारण जिल्लाका कर्मचारीसंग सम्पर्क नभएको र टावरमा जाने व्यवस्था हुन नसकेको उहाँले बताउनु भयो । सो टावर पुग्न तीन घण्टा पैदल लाग्ने गरेको छ । सेवा अवरुद्ध भएपछि जिल्लाबाट सबैतिर सम्पर्क विच्छेद भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *