वडा नं. २० बाट नेपालगन्जलाई प्लाष्टिकमुक्त अभियानको सुरुवात

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० लाई आज प्लाष्टिक मुक्त वडा घोषणा गरीएको छ । घर र व्यापारिक पसलबाट आएको फोहरलाई व्यवस्थापन गर्नका लागि फोहर राख्ने भाँडो हस्तान्तरण गरी आज वडालाई प्लाष्टिक मुक्त वडा घोषणा गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल सम्सेर राणाले आज एक समारोहकाबीच वडा नं. २०लाई प्लाष्टिक मुक्त घोषणा गर्नु भएको हो । हामी सबैको रहर प्लाष्टिक मुक्त गाउँ शहर भन्ने मुल नाराका साथ नेपालगन्ज उपमहानगरपालिका वडा न.ंं२० लाई आज प्लाष्टिक मुक्त घोषणा गरिएको वडा अध्यक्ष कृष्ण कार्कीले जानकारी दिनु भयो ।
नेपालगन्ज उपमहानगरपालिकाले प्लाष्टिक मुक्त गर्न नेपालगन्ज उपमहानगरपालिकाको सभाल ऐन पारित गरेपछि प्लाष्टिक मुक्त कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका संचालन गरेको हो । कार्यक्रमको सुरुवात गर्दै मेयर राणाले बाँके जिल्ला नै प्लाष्टिक मुक्त गर्न सकेमा जनताको स्वास्थ्यमा नकारात्मक असर नपर्ने बताउनु भएको थियो ।
प्लाष्टिक मुक्त घोषणाका लागि जनचेतना मुलक ¥यालि सहित मनिकापुर बजार परिक्रम गरिएको थियो । ¥यालि राँझा चोक हुँदै एपोर्टगेटमा पुगेर कोण सभा गरिएको थियो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, शिक्षक बिद्यार्थीको लगाएत स्थानीय नागरिकको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *