नरैनापुरका आगलागी पीडितलाई राहत प्रदान

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाका आगलागी पीडितलाई गाउँपालिकाले राहत प्रदान गरेको छ । विहीबार आगलागी भएका ४ घरपरिवार र यसअघि विभिन्न समयमा आगलागी भएका अन्य ४ घरपरिवार गरी जम्मा ८ घरपरिवारलाई राहत दिइएको हो ।

प्रति परिवार २५ किलो चामल, ५ किलो दाल, २ वटा डेक्ची, ४ वटा प्लेट, २ वटा गिलास, २ केजी नुन, १ लिटर खाने तेल र १/१ वटा डाडू पन्यू राहत स्वरुप दिइएको गाउँपालिकाका नायब सुब्बा मोहम्मद स्माइल खानले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, वडा नम्बर १ वडा अध्यक्ष मोल्हे बेहना शेष र वडा सदस्य जलालु खाँले राहत प्रदान गर्नुभएको थियो ।

विहीबार साँझ वडा नम्बर १ कट्कुइँयामा आगलागी हुँदा ४ वटा घरगोठ जलेका थिए । आगलागीबाट ठाकुर अहिर, खुलेराम अहिर, रामाशंकर अहिर र जित अहिरको फुसले छाएको घरगोठ जलेका थिए । गाउँपालिकामै दमकल भएका कारण आधा घण्टामै आगो नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुन पाएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *