नेपाल पत्रकार महासंघको स्थापना दिवस


बाँके । नेपाल पत्रकार महासंघको ६४ स्थापना दिवस विभिन्न कार्यक्रम गरी पत्रकारहरुले मनाई रहेका छन । नेपाली पत्रकारको हक, अधिकार र पेशगत सुरक्षाका लागि स्थापना गरिएको यस संस्थाल विभिन्न राजनीति कालखण्ड र चुनौतीको सामना गर्दै आएको छ ।

नेपाली पत्रकारीता विभिन्न मिसन, विकास, निकास र जनउत्तरदायी बन्दै आजको डिजिटल युगमा प्रतिष्पर्धा गर्दै आएको छ । विभिन्न स्वार्थ समूहले पत्रकारीतालाई प्रयोग गर्ने र आफु अनुकुल प्रयोग गर्ने गरेका छन । शासकले पत्रकारीताको स्वर बन्द गराउने, दृष्यमा धब्बा लगाउने र अक्षर मेटाउने प्रयास गरे ।

आम नागरिकको प्रतिनिधित्व आवाज, विचारको गर्दै शासक र यसक्षेत्रका विरोधी पक्षको सामना गर्दै आएको पत्रकारीताले केही अवसर र केही चुनौतीका बाबजुत पनि गाउँवस्तीमा सामुदायिक संचारका माध्यमले विस्तार हुँदै गएको छ ।

नेपाल पत्रकार महासंघ बाँकेले स्थापना दिवसको अवसरमा शुभकामना संदेश मार्फत पछिल्ला केही समय बाँकेमा केहीले पत्रकारिताको मुलभूत सिद्धान्त, आदर्श, मुल्य मान्यता र आचारसंहितासमेतलाई उल्लघंन गरी पत्रकारिता मार्फत गलत अभ्यास स्थापित गर्न भइरहेको दुस्प्रयासप्रति हामी चिन्तित भएको उल्लेख गरेको छ ।

महासंघले संदेश म भनिएको छ पत्ररकार पत्रकारिता क्षेत्रको गरिमालाई कामय राख्न शाखा सदस्यहरु जिम्मेवार भएर काम बिश्वास व्यक्त गर्दै, पत्रकार महासंघ बाँकेको गरिमामय इतिहासलाई यहाँसम्म ल्याई पु¥याउन योगदान दिने अग्रज, पुर्ब नेतृत्वकर्ता तथा महासंघ बाँके आवद्ध सम्पूर्ण सन्चारकर्मीहरुलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *