प्रदेश २ मा एसईईको परिक्षा रद्ध


बाँके । पटक पटक प्रश्नपत्र बाहिरिएपछि प्रदेश–२ को एसईईको परिक्षा रद्ध गर्न केन्द्र सरकारले निर्देशन दिएको छ । शिक्षा मन्त्रालयमा हिजो बसेको आकस्मिक बैठकले प्रदेश–२ को सबै परिक्षा नै रद्ध गर्ने निर्देशन दिएको हो । शिक्षामन्त्रालयले प्रदेश २ का बाँकी सबै परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको जानकारी दिएको छ । प्रदेश २ मा २६२ परीक्षा केन्द्र छन् भने ७० हजार ५ सय ६८ परीक्षार्थी सहभागी छन् ।

अर्को परीक्षा तालिका चैत महिनाभित्रै सार्वजनिक गर्ने शिक्षामन्त्री गिरिराजमणिा पोखरेलले पत्रकार सम्मेलनमार्फत् जानकारी दिनुभयो । पोखरेलले प्रदेश २ को भोलिदेखिका सबै परीक्षाहरु रद्द गर्न परीक्षा बोर्डलाई निर्देशन दिए। उनका अनुसार२२ गतेलाई तोकिएको विज्ञान विषयको परीक्षा भने यथावत् छ । सो विषयको प्रश्नपत्र आउट भएपछि २२ गतेलाई तोकिएको थियो । मन्त्री पोखरेलले प्रश्नपत्र सार्वजनिक गर्ने कार्यलाई आपराधिकको संज्ञा दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *