फोटोपत्रकारिताबाट सेवा प्रवाहको निगरानी र पैरवी

बाँके । फोटोपत्रकारिताका माध्यमबाट सामाजिक सेवा प्रवाहको निगरानी र पैरवी गर्ने शीप विकासको लागि आयोजना गरिएको फोटोपत्रकारिता तालिम शुक्रबार सम्पन्न भएको छ ।
तीन दिन सम्म सन्चालन गरिएको तालिमको समापनमा बोल्दै ओखलढुंगाकी सामुदायिक सन्चारकर्मी सरस्वती बानियाले तालिमबाट फोटोपत्रकारीता र यसबाट सार्वजनिक सेवा प्रवाह निगरानी गर्ने शिप विकास भएको बताउनुभयो ।
पत्रकारिताको बारेमा थाहा भएपनि फोटोग्राफीको बारेमा थाहा भएकाले अब भने फोटोपत्रकारिताका माध्यमबाट अझ प्रभावकारी रुपमा सामाजिक मुद्दाहरुको उठान गर्ने अछामका सामुदायिक सन्चारकर्मी तपेन्द्र कुंवर बताउनुहुन्छ ।
समापन सत्रमा बोल्दै सामुदायिक सन्चारकर्मीहरु संगीता कुँवर रामेछाप, रजनी योगी दैलेख र तिर्थमाया तामांग सिन्धुपाल्चोकले फोटोपत्रकारिताका बारेमा जान्न पाउँदा सवाल उठान गर्न थप मद्दत हुने धारणा राख्नुभयो ।
युएसएआईडीको सहयोगमा सन्चालित पारस्परिक जवाफदेहिता परियोजनाअन्र्तगत एफएचआई३६० र इक्वेल एक्सेस इन्टरनेशनलले आयोजना गरेको फोटोपत्रकारिता तालिममा २९ जिल्लाका सामुदायिक सन्चारकर्मीहरुको सहभागीता रहेको थियो ।
तालिमका क्रममा सहभागीहरुले फोटो खिच्ने तरिका, क्याप्सन लेखन, रेडियो कार्यक्रमका लागि सामाग्री संकलन, फोटो कथा तयारी, सफलताका कथा लेखनका साथै पैरवीका सवाल र फोटोपत्रकारिताको माध्यमबाट सार्वजनिक सवालमा पैरवी गर्ने शीपको बारेमा छलफल गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *