नेपाल लगानीका लागि भर्जिनल्याण्डः प्रधानमन्त्री ओली


बाँके । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल लगानीका लागि भर्जिनल्याण्ड भएको बताउनु भएको छ । उहाले दुई ठुला देशको विचमा नेपाल रहेकाले जुन क्षेत्रमा लगानी गर्दा पनि नाफा हुने बताउनु भयो ।
दुई दिने लगानी सम्मेलनको राजधानीमा उद्घाटन गर्दै उहाले नेपालमा जुन क्षेत्रमा लगानी गर्दा पनि नाफा हुने भन्दै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्नको लागि आह्वान गर्नुभयो ।
उहाले तीन करोड नेपालीको जीवनस्तर सुधार्न सरकारले काम गरिरहेको भन्दै विदेशी लगानीको लागि व्यवसाय गर्ने वातावरणमा धेरै सुधार गरेको बताउनु भयो । उहाले नेपालमा राजनीतिक स्थायित्व मात्रै नभई नीतिगत स्थायित्व पनि भएको बताउनु भयो ।
‘लगानीका लागि दर्जन आधार प्रस्तुत गर्न चाहान्छु। पहिलो, राजनीतिक स्थिरता, दोस्रो दोब्बर आर्थिक वृद्धिको लक्ष्य, तेस्रो लगानी सहज बनाउन सम्बन्धित कानुन निर्माण र संशोधन, चौथो, भ्रष्टाचारमा शून्य सहनशीलता, पाँचौ, मेरो सरकार पारर्दर्शी छ, छैठौँ, कानुनी शासन छ र सुशासन छ’, उहाले भन्नुभयो, ‘लगानीका लागि यी आधारहरु पर्याप्त हुन् ।’
प्रधानमन्त्री ओलीले सरकार समृद्ध नेपाल सुखी नेपालीको नाराका साथ अघि बढेको बताउनु भयो । ‘नेपालले थुप्रै अवसर प्रदान गर्छ, लगानीमा ढिलो नगर्नुहोस् । विकास नै मुख्य लक्ष्य हो। राम्रा कुरा दिन चाहान्छौँ, राम्रो लिन चाहान्छौँ’ प्रधानमन्त्री ओलीको भनाई थियो ।
नेपालले शान्ति प्रक्रिया पूरा गरेको, सबैखाले निर्वाचन पूरा गरेको, सबैको सहमतिमा संविधान बनाएको, दुई तिहाईको सरकार बनेको, तिनै तहको सरकारले विकासलाई जोड दिएको उहाले बताउनु भयो । ‘एक वर्षमा हामीले धेरै नीतिगत र कानुनी सुधार र्गयौं। धेरै प्रारुपहरु तयार र्पायौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाले आर्थिक समृद्धिबिना राजनीतिक परिवर्तन दीगो नहुने भन्दै सरकारले द्रूततर आर्थिक विकासमा जोड दिएको उल्लेख गर्नुभयो ।
नेपालले सन् २०२३ सम्ममा मध्य आय भएको मुलुक बन्ने र सन् २०३० सम्ममा दीगो विकास लक्ष्य हासिल गर्ने लक्ष्य लिएको प्रधानमन्त्री ओलीको भनाई थियो । लगानी सम्मेलन भोली सम्म संचालन हुने छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *