कैलालीका अत्तरियामा गुडिरहेको गाडीमा आगलागी


बाँके । कैलालीको धनगढीबाट नेपालगन्ज आउदै गरेको गाडीमा अत्तरिया चोकमा आगलागी भएको छ । गाडी यात्रु खोज्न घुमाउन खोजीरहेका बेला अचानक आगो लागेको हो । गुडिरहेको गाडीमा अचानक आगलागी भएको छ । शुक्रबार बिहान ७ बजेर ४० मिनेटमा कैलालीको अत्तरियामा गुडिरहेको गाडीमा अचानक आगो लागेको हो ।
अत्तरीया चौकमा यात्रु खोज्दै गरेको बा ४ ख ५८६८ को माइक्रोबसमा आगलागी भएको हो । ईलाका प्रहरी कार्यालय अगाडी रहेको सो माइक्रोबसमा आगलागी हुँदा मानवीय क्षति भने भएको छैन । आगलागीबाट गाडी करिब पूर्णरुपमा क्षतिग्रस्त भएको छ
गाडीमा आगलागी भएको १० मिनेटमा आगो नियन्त्रणमा आइसकेको छ । गोदावरी नगरपालिकाको दमकलको मद्दतमा १० मिनेटभित्रै आगो नियन्त्रणमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *