कृष्णसार एफएम पुग्यो दस वर्ष


बाँके । कृष्णसार एफएम ९४ मेगाहर्जको आज दशौं बार्षिकोत्सव, भव्यतापुर्वक मनाइंदैछ । रेडियोले दस वर्ष, दसकौं बलियो उत्साह नाराका साथ दसौं वार्षिकोत्सव मनाइरहेको हो । २०६५ साल चैत्र १४ गते वेलुका ६ बजेर ५५ मिनेटबाट प्रसारण सुरु गरेको कृष्णसार एफएमले आज दस वर्ष पूरा गरेको हो ।

रेडियोले आज नेपालगन्जमा कृष्णसारका दस वर्ष, अभ्यास र उपलव्धि विषयक सम्बाद कार्यक्रम गरेको छ । कार्यक्रमका सहभागि नेपालगंजका विभिन्न क्षेत्रका अगुवाहरुले यस क्षेत्रकै अग्रणी संचारमाध्यमको रुपमा कृष्णसारले आफ्नो पहिचान बनाएको भन्दै कृष्णसारको समग्र विकासका लागि समुदायको भुमिका महत्वपुर्ण रहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै सामुदायिक रेडियो प्रसारक संघका बरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियो अभियानमा कृष्णसार एफएम रोलमोडेल बनेको बताउंदै सामुदायिक संचार माध्यमका लागि सबैले योगदान पुरयाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सरकार र स्थानीय तह रेडियो मैत्री बन्नु पर्ने र सोही अनुसारका संचार निति निमार्ण गर्नु पर्ने बताउनु भयो ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजालले मिडियाको विकासमा स्थानीय सरकारको दायित्व रहेकाले नेपालगन्जमा संचार निति निमार्णको कार्य शुरु भएको जानकारी दिनु भयो । बांकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले आफुले जहिले पनि कृष्णसार एफएम सुन्ने बताउंदै धार्मिक सद्भाव, शान्ति सुरक्षा, बाढी प्रकोप र सुशासन प्रबद्र्धन गर्ने किसिमका सवाललाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिनु भयो ।

कार्यक्रममा पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरेले कृष्णसार एफएम नेपालगंजको गौरव भएको भन्दै यस्ता मिडियालाई जोगाउने दायित्व सबै नेपालगंजबासीको हुनु पर्ने बताउनु भयो । कार्यक्रममा एफएमका कार्यकारी प्रमुख तुला अधिकारीले रेडियोको दश वर्षको अभ्यास र एफएमका प्रमुख कार्यक्रमहरुका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

रेडियो संचालन गर्ने संस्था समुदायका लागि संचार अभियान नेपालका अध्यक्ष राकेश कुमार मिश्रले रेडियोको आगामी कार्ययोजना बारे जानकारी गराउदै सहभागिहरुलाई धन्यबादसहित समापन गर्नुभएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *