मार्क्सवादी अध्ययन

बाँके । मार्क्सवाद र लेलिवादको अन्तरवस्तु (जसका सामान्य नियमहरु विश्व साम्यवादको सिद्धान्त र अभ्यासमा प्रयोग र थप विकाश गरिएको छ) माक्र्स, एंगेल्स, लेनिन र स्टालिनका तुलनात्मक रुपमा थोरै आधारभुत कार्यहरुमा व्याख्या गरिएको छ ।

यिनिहरुमा विभिन्न स्तरको कठिनता छ, र यो महत्वपुर्ण छ की विद्यार्थीले पहिलो प्रयास गर्दा उपयुक्त रचनाहरु छान्नु पर्छ । शुरुवात कर्ताको लागि, माक्र्सवादको उत्कृष्ट परिचय एंगेल्सको ‘समाजवाद, काल्पनिक र वैज्ञानिक’ मा पाइन्छ । त्यसकारण यो पहिला पढ्नु पर्छ , यो सँगै स्टालिनको ‘अराजकतावाद र समाजवाद’ उत्तिकै उपयोगी अध्ययन हुन सक्छ ।

कम्युनिष्ट घोषणापत्र त्यसपछि आउँछ । यसलाई शुरुमै पढ्ने प्रयत्न गर्नु हुँदैन । किनकी यसको निकै वृहत चरित्र र खदिलो शैलीबाट गरिएको उठानले यो पढ्न अलिकति कठिन छ । त्यसपछी, सोभियत संघको कम्युनिष्ट पार्टीको इतिहास(वोल्सेविक) आउँछ ।



यि तीन पुस्तकहरु, समाजवाद, काल्पनिक र वैज्ञानिक, कम्युनिष्ट घोषणपत्र र सोभियत संघको कम्युनिष्ट पार्टीको इतिहास(वोल्सेविक) अति महत्वपूर्ण आधारभुत अध्ययनको रुपमा समाविष्ट हुन्छन् । यि तीन पुस्तक भित्र विशाल मात्रामा सामाग्री छन र यिनिहरुको विषय वस्तुमा पूर्ण ज्ञान हासिल गर्नको लागि विद्यार्थीले थप अध्ययनमा जोड दिंदै ति पुस्तकमा फर्कनु आवश्यक हुने छ ।

तर, यि तीन पुस्तकहरुको प्रारम्भिक अध्ययनले माक्र्सवाद र लेनिनवादले समेटेका सवै क्षेत्रका समस्याहरुको परिचय प्रधान गर्छन् ।
“आधारभुत सिद्धान्तहरु” शिर्षक अन्र्तगत यहाँ समावेश गरिएका १० पुस्तकहरुलाई निम्न अनुसार वर्गिकरण गरिएको छ ।


तीन पुस्तकहरु, समाजवाद, काल्पनिक र वैज्ञानिक, कम्युनिष्ट घोषणपत्र र सोभियत संघको कम्युनिष्ट पार्टीको इतिहास(वोल्सेविक) अति महत्वपूर्ण आधारभुत अध्ययनको रुपमा समाविष्ट हुन्छन् ।


क) माक्र्सवादी सिद्धान्तको सामान्य परिचयः ‘कम्युनिष्ट घोषणपत्र’ र ‘समाजवाद, काल्पनिक र वैज्ञानिक’, जसमा वैज्ञानिक समाजवादका आधारभुत विचारहरु अगाडि सारिएका छन् । यि सँगै ‘अराजकतावाद वा समाजवाद’ पनि समावेश हुन्छ ।

ख) विकशित अध्ययनः एंगेल्सको महान सैद्धान्तीक काम ‘ड्युहरिङ मत खण्डन’ र माक्र्सको ‘गोथा कार्यक्रमको आलोचना’, जहाँ उनले मजदुर वर्गको पार्टीको कार्यक्रमहरुको आधारभुत सवालहरुको वारेमा व्याख्या गरेका छन् ।

ग) सोभियत संघको कम्युनिष्ट पार्टीको इतिहास(वोल्सेविक): लेनिन र स्टालिनले नेतृत्व गरेका वोल्सेविक पार्टीको विजयगामी संघर्षमा माक्र्सवादी ज्ञान कसरी प्रयोग र अझ विकशित भयो भन्ने कुरा यसले देखाउछ ।

घ) लेनिनवादः स्टालिनको ‘लेनिनवादको आधारहरु’, जसमा उनले सम्राज्यवादी युगको माक्र्सवाद र सर्वहारा क्रान्तिको रुपमा लेनिनवादका आधारभुत अवधारणहरु र नितिहरुको वारेमा व्याख्या गरेका छन् र स्टालिनको ‘लेनिनवादको समस्याहरु’, जसले विशेष गरेर सर्वहारा वर्गको अधिनायकत्वको वारेमा अध्ययन गर्छ ।
ङ) साम्राज्यवाद र सर्वहारा क्रान्तिः लेनिनको ‘साम्राज्यवाद’, जसले पूँजिवादको अन्तिम अवस्था र समाजवादी क्रान्तिको पुर्व सन्ध्याको रुपमा साम्राज्यवादको प्रकृतिलाई प्रस्तुत गर्छ । ‘राज्य र क्रान्तिले’ राज्यको सिद्धान्त र पूँजिपती वर्गको शासनलाई फालेर मजदुर वर्गको शासनलाई संस्थागत गर्नको लागि मजदुर वर्गले गर्नुपर्ने कार्यहरु र समाजवादी प्रजातन्त्रको वारेमा व्याख्या गरेको छ ।

(मौरिस कन्फोर्थको रिड्र्स गाईड टु द माक्र्सिस्ट क्लासिक्सबाट अनुदित र सम्पादीत अंश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *