डुडुवा वडा नं. ६ मा पाठेघर परिक्षण शिविर सम्पन्न

बाँके । डुडुवा गाउँपालिका वडा नं. ६ मा बिहीबार एक दिने पाठेघर खस्ने तथा पाठेघरकाे मुखका संभावित क्यान्सरको जाँच तथा याैन राेग डाक्टर उपचार र व्यवस्थापन शिविर सम्पन्न भएको छ । हिरमिनियन स्वास्थ्य चाैकीमा भएको शिविरमा स्त्रीरोग विशेषज्ञ डाक्टर कल्पना थापाले चेक जाँच गर्नु भएको थियोे ।
विभिन्न पक्षबाट पछाडी परेको डुडुवामा स्वास्थ्य चेतना र परिक्षणमा पनि धेरै पछि परेको छ स्वास्थ्य सर्वेक्षणले देखाएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले वताउनु हुन्छ ।
शिविर संचालन भन्दा पहिले घरदैलोमा पुगेर अवस्था अध्ययन गरेर मात्रै याे शिविर संचालन गरिएको हाे । अझै पनि महिलाले अाफ्नाे समस्या खुलेर नभन्दा ज्यूका त्यू रहेको हाे । सिमा क्षेत्रमा झाेले डाक्टरले प्रतिबन्धित अाैषधीकाे प्रयोगले झनै समस्या वनाएकाे छ ।


शिविरमा ८४ जनाले स्वास्थ्य परिक्षण गरेका गराएका छन । परिक्षण गरिएकामा क्यान्सरको संका २ जना, फिस्टुला भएका ४ जना र ८ जनाकाे पाठेघरकाे अप्रेसन गर्नु पर्ने विरामी रहेको प्रमुख बढाले वताउनु भयाे ।
स्वास्थ्य शिविरमा निशुल्क अाैषधी वितरण गरिएको थियोे । यश प्रकारका शिविर सबै वडामा संचालन गरिने र अाजकाे अवस्था भन्दा फरक र सुदृढ गरिने बढा वताउनु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *