विप्लव नेतृत्वले गर्ने भनिएको १६ गतेको बन्द फिर्ता


बाँके । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपासमूहले आह्वान गरेको चैत १६ गतेको बन्द फिर्ता लिएको छ ।
प्रवेशिका परीक्षा एसईईलाई असर गर्ने कारण देखाउँदै समूहले बन्द फिर्ता लिएको घोषणा गरेको हो । विप्लव समूहले १३ गते विज्ञप्ती जारी गर्दै बन्द फिर्ता लिएको पुष्टि गरे । े
एसईई परीक्षा र नेपाल बार एशोसिएशनको चुनावलाई लक्षित गरी बन्द फिर्ता गरिएको भनिएको छ ।
यस अघि राष्ट्रिय मानवअधिकार आयोगले विज्ञप्ति जारी गरी एसईईको समयमा बन्द हड्तालको कार्यक्रम नगर्न विप्लव समूहलाई आग्रह गरेको थियव । सरकारले घोषणा गरेको लगानी सम्मेलन पनि १५ र १६ चैतमा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *