भलिबल प्रतियोगिता सम्पन्न, कलेज अफ म्यानेजमेन्ट प्रथम


बाँके । अनेरास्ववियु र अनेरास्ववियु(क्रान्तिकारी) ले संयुक्त रुपमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज कमिटिले आयोजना गरेको बृहत भलिबल प्रतियोगिताको आज समापन भएको छ ।
प्रतियोगितामा कलेज अफ म्यानेजमेन्ट प्रथम, बागेश्वरी बहुमुखी क्याम्पस द्वितिय र महेन्द्र बहुमुखी क्याम्पस तृतिय भएका छन । विजेतालाई क्रमसः ३० हजार, १५ हजार र १० हजार पुरस्कार वितरण गरिएको अनेरास्ववियुका क्याम्पस प्राकका उपाध्यक्ष प्रकाश खातीले जानकारी गराउनु भयो । विद्यार्थीका शैक्षिक अधिकार र उनीहरुको रचनात्मक क्षेत्रमा क्रियाशिताका लागि शैक्षिक गतिविधिका साथै यस प्रकारको रचनात्मक कार्य गर्न आवश्यक ठानी भलिबल प्रतियोगिताको आयोजना गरिएको अनेरास्ववियुका जिल्ला अध्यक्ष मोहित शाहले जानकारी दिनु भयो ।
भलिबल प्रतियोगिताको तीन दिन सम्म संचालन भएको थियो भने खेलमा १५ समूहले प्रतिष्पर्धा गर्ने आयोजकले वताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *