बालविवाह रोकथामका लागि संचारकर्मीको महत्वपूर्ण भूमिका


बाँके । बालविवाह रोकथामका विषयमा संचारकर्मीसँग अन्तरक्रिया सम्पन्न भएको छ । बाँके जिल्लामा क्रियाशिल विभिन्न संचार माध्यममा काम गर्ने संचारकर्मीसँग आज कार्यक्रम गरिएको थियो ।
समाजमा विद्यमान रहेका कुरुती, कुसंस्कार मध्येको बाल विवाह पनि पर्दछ । अझै पनि जानीबुझी र नन्जानमा बालविवाह गर्ने परम्परा कायम रहेको छ । संचारमाध्यमबाट यस प्रकारका परम्परागत रुपमा रहदै आएको कुरुती र कुसंस्कार अन्त्यका लागि पहल गरेमा न्यूनीकरण गर्न सहयोग पुग्ने संचारकर्मी र अधिकारकर्मीको धारणा रहेको छ ।
स्याक नेपाल बाँकेले आयोजना गरेको कार्यक्रममा बालविवाह अन्त्यका लागि संचारकर्मीले निर्वाह गर्न सक्ने भूमिकका विषयमा अवधारण पत्र प्रस्तुत गर्दै पत्रकार ठाकुरसिंह थारुले सामाजिक उत्तरदायित्वको सिद्धान्तका आधारमा यस विषयमा संचार पैरवी गर्न सकिने वताउनु भयो । आफुले निरन्तर यस विषयमा कलम चलाउदै गरेको वताउनु भयो ।

बाँके जिल्ला बालविवाह अधिक हुने जिल्लामा पर्दछ । यो कुसंस्कार अन्त्यका लागि संचारकर्मीले अन्य विषय जस्तै महत्वका साथ आफ्नो संचारमाध्यमका लागि संकलन गरिने सूचना जस्तै उच्चप्राथमिकता दिनु पर्ने नेपाल पत्रकार महासंघ प्रदेश नं. ५ का महासचिब भेषराज बस्नेत वताउनु भयो । यस प्रकारको कुसंस्कार संलग्नहुने पक्षलाई कानुनी कारवाहीका पक्षहरुलाई समेत जानकारी हुने गरी सूचना र समाचार प्रकाशन र प्रसारण गर्नु पर्ने महासचिब वस्नेत बताउनु भयो ।

कार्यक्रममा विभिन्न संचार माध्यमका कार्यरत संचारकर्मी र आयोजक स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डेले बालविवाह रोकथाम र न्यूनीकरणका विषयमा आ आफ्ना धारणा व्यक्त गर्नु भएको थियो ।

चन्द्र बोहरा, नेपालगन्ज

Leave a Reply

Your email address will not be published. Required fields are marked *