परिवारले हेला गरेपनि प्रदेश सरकार अभिभावक भयाे

बाँके । प्रदेश नं. ५ सरकारले घरमै स्वास्थ्य सेवा सुरू गरेको छ । बाँकेको बैजनाथ गाउँपालिकामा साे कार्यक्रमका बारेमा जानकारी र छलफल गरिएको छ । पाँच नंम्बर प्रदेश सरकारको समाजिक विकास मन्त्रालयले ८४ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने निर्णयको कार्यान्वयनका लागि सुरु गरिएको हाे ।

जिल्ला स्वास्थ्य कार्यालय बाँके र जिल्ला समन्वय समिति बाँकेको सहकार्यमा सो कार्यक्रम लागू गर्नको लागि मंगलबार कार्यक्रम कार्यान्वयनका लागि बैजनाथ गाउँपालिकाका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीलाई एकदिने अनुशिक्षण समेत गरिएको छ ।

बैजनाथ गाउँपालिकाका कार्यवाहक अध्यक्ष गुमानबहादुर दमाईले जेष्ठ नागरिकलाई घरका परिवारले अपहेलना गर्ने संस्कारकाे विकास भएको बेला सरकारले गरेकाे याे काम साह्रै प्रसंसनीय छ । जेष्ठ नागरिकको अभिभावक प्रदेश सरकार भएको छ । साे कार्यान्वयनका लागि जस्तो सुकै अवस्थामा पनि सहयोग गर्ने वताउनु भयो । प्रदेश सरकारलाई धन्यबाद समेत दिनु भयो ।

जिल्ला समन्वय समिति बाँकेका सदस्य चेतबहादुर घर्तीले ८४ वर्ष पुरा गरेका जेष्ठ नागरिकको लागि घरमै पुगेर निशुल्क स्वास्थ्य सेवा दिने निर्णय प्रदेश सरकारको कार्यक्रम भए पनि हामी सबै स्थानीय तहले त्यसको कार्यान्वयनको लागि आ–आफ्नो क्षेत्रबाट पहल गरिनु पर्ने कुरामा जोड दिदै प्रदेश सरकारले पहिलो पटक यो कार्यक्रम लागू गरेको कारणले पनि यसको सफल कार्यान्वयन गरी जेष्ठ नागरिकको स्वास्थ्यप्रति सचेत बन्न आवश्यक रहेको वताउनु भयाे । भाैतिक निर्माण मात्रै हैन सामाजिक काममा पनि चासो र अभियान संचालन गर्नु पर्ने वताउनु भयाे ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ८४ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई महिनामा कम्तिमा पनि दुई पटकसम्म घरमै पुगेर अनिवार्य रूपमा हाे भने अावश्कताका अाधारमा त्यस भन्दा थप अरू धेरै पटक स्वास्थ्य सेवा दिने कार्यक्रम बाँकेका ८ वटै पालिकामा लागू गर्ने क्रममा हाे ।

चन्दका अनुसार कार्यक्रमका कार्यान्वयनका लागि प्रचारप्रसार तथा जानकारी दिन अति अनिवार्य रहेकाे छ ।
उहाँ पहिलो चरणमा तथ्याङ्क संकलन गर्ने, वडाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई कार्यक्रमको निर्देशिका बारे जानकारी गराउन अभिमुखिकरण गर्नुका साथै सेवा दिने स्वास्थ्यकर्मीलाई समेत प्रति पटक २ सय ५० रुपैया सुविधा उपलब्ध गराउने नीति रहेको जानकारी दिए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले भन्नू भयाे याे राज्यको सम्मान हाे । प्रदेश सरकारले गरेको याे पहल पहिलो, यो राष्ट्रिय अभियान हुनु पर्दछ । सरकारले चालेकाे याे अभियानलाई कर्मचारीले अात्मसाथ गर्दै जिम्मेवार ढंगले काम गर्नु पर्ने वताउनु भयाे ।
कार्यक्रम वडा अध्यक्ष र स्वास्थ्यकर्मीले कार्यक्रमका बारेमा चासो राखेका थिए । सबै वटै वडाका वडा अध्यक्ष तथा गाउँपालिकाका सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *