८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७६ हुन सक्ने


बाँके । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ भित्रै उद्घाटन गर्ने गरी तयारी थालिएको भए पनि पूर्वाधार निर्माण नभएकोले केही समय पर सर्ने संकेत देखिएको छ । सोमबार बाँके र बर्दियाका पुर्वाधारहरु अवलोकन गरेर फर्किएपछि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले प्रतियोगिता सुरु गर्नुभन्दा पहिले भौतिक निर्माण गुणस्तरको हुनुपर्ने बताउनु भएको छ । युवा तथा खेलकुद मन्त्री विश्वकर्माले अहिलेको अवस्था हेर्दा चैत्रको अन्यमा सुरु गर्न नसकिने जस्तो देखिएकोले बैशाखको पहिलो वा दोश्रो हप्तामा गर्दा उचित हुर्नेमा बताउनु भयो ।

अहिले भौतिक पुर्वधार पुरा नहुदै मिति तोक्न हतार नगर्न सम्बद्धहरुलाई युवा तथा मन्त्रिले आग्रह गर्नु भएको छ । पुर्वाधार निर्माणको कार्य अन्तिम चरणमा भएको देखिन्छ । २० दिन अझै पुर्वाधार निर्माणमा लाग्ने देखिएकोले सम्बन्धित निर्माण कम्पनीसँग बसेर थप छलफल गरीने मन्त्री विश्वकर्माले बताउनु भयो । ‘एक हप्ता भित्र बोर्डको बैठक बसेर मिति तय गर्छाैँ । हामी पुर्वाधार निर्माण गर्ने प्रारम्भिक चरणमै भएकाले यति छिट्टै निर्माण पनि भैरहेकोले छिट्टै मिति पनि तय हुनेछ,’ उहाँले भन्नु भयोे ।

चैत्र २७ गते हुने भनेर भनिएको अहिलेलाई हल्ला मात्र भएको मन्त्री विश्वकर्माले प्रष्टाउनु भयो । उहाँले उद्घाटन समारोह पनि २०७६ मै हुन सक्ने आशय व्यक्त गर्नु भयो । मन्त्री विश्वकर्माले नेपालगन्जमा भैरहेको भौतिक निर्माण पुर्खौसम्मका लागि हुने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *