‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता शाही पक्राउ

बाँके ।  प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई धमाधम पक्राउ गर्न शुरु गरेको छ । कोशी ब्यृुरो संयोजक पक्राउ गरेकै दिन कालिकोटबाट जिल्ला जनसरकार प्रमुख धनराज शाहीलाई विस्फोटक पदार्थसहित पक्राउ गरेको हो ।

कालिकोट जिल्ला जनसरकार प्रमुख तथा बुद्धिजीवी परिषदका अध्यक्ष शाही पक्राउ परेको कालिकोटका डीएसपी दिनेश शर्माले टेलिफोनबाट जानकारी दिनुभयो । उनीलाई सोमबार कालिकोटको राताडाबाबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका शाहीको साथबाट ३२ थान जिलेटिन, इलेक्ट्रिकल डेटोनेटर, १ केजी बारुद र तयारी अवस्थामा रहेको एम्बुस बरामद गरिएको छ ।पक्राउ परेका शाहीविरुद्ध हातहतियार खरखजना तथा राज्यविरुद्धको अपराधको मुद्दा लगाउने तयारी भइरहेको डिएसपी शर्माले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *