निर्वाचन आयोगको प्रमुख आयुक्तमा थपलियाको सिफारिस

बाँके ।  संवैधानिक परिषद्ले निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेश थपलिया सिफारिस गरेको छ । प्रधानमन्त्री कार्यालय सिहदरवारमा आज बसेको परिषद्को बैठकले बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको हो ।

थपलियाले आजै पदबाट राजीनामा दिनुभएको थियो । अब संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा पछिमात्र उहा सो पदमा नियुक्ति पाउने छन् । यस्तै समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझालाई नियुक्त गर्न सिफारिस गरेको छ ।

बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *