शम्शेरगन्जमा मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवान चौधरीको मृत्यु


बाँके । कैलालीबाट दाङ जाँदै गर्दा बाँकेको शम्शेरगन्जमा मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवान रामबहादुर चौधरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलाली जोशीपुरका ३० वर्षीय प्रहरी जवान रामबहादुर चौधरी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिनु भयो ।

कैलालीबाट दाङतर्फ जाँदै गरेको रा ३ प २५४६ नं को मोटरसाइकल आज बिहान पूर्व–पश्चिम राजमार्गको राप्ती सोनारी गाउँपालिकास्थित शम्शेरगञ्ज नजिक दुर्घटना हुँदा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको उनले बताउनु भयो

दाङमा कार्यरत प्रहरी जवान चौधरीले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *