चर्म तथा कुष्ठरोग परिक्षण शिविर सम्पन्न

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० चर्म तथा कुष्ठरोग परिक्षणका लागि आइतबार शिविर संचालन गरी विरामीको स्वास्थ्य परिक्षण गरिएको छ ।
आज विश्व क्षयरोग विरुद्धको अभियानको अवसर पारेर वडापालिकाको आयोजनामा विशेषज्ञ डाक्टरबाट विरामीको चेकजाँच गरिएको थियो । शिविरमा स्वास्थ्य परिक्षणका लागि १२४ जना स्थानीय बासिन्दा आएको स्वास्थ्य चौकीका प्रमुख सरोज मिश्राले जानकारी दिनु भएको छ ।
वडाका नागरिकलाई विभिन्न स्वास्थ्य समस्याका बारमा घरदैलोमा नै स्वास्थ्य सेवा पुगाउने लक्ष्यका साथ कुष्ठरोगका विरामी परिक्षण गरिएको हो । वडा अध्यक्ष कृष्ण कार्कीले आफ्नो स्वास्थ्य परिक्षण गरी सुभारम्भ गरिएको शिविरमा नेपालगन्ज स्थित प्रादेशिक भेरी अस्पताका विशेषज्ञ डा.आरके झा र नगरिपालिकाका स्वास्थ्य संयोजक हरीहर तिवारी लगायतका स्वास्थ्यकर्मी सेवा ग्राहीलाई सेवा प्रदान गरेका थिए ।
शिविरमा परिक्षण गरिएका मध्य १३ जनाको कुष्ठरोगको परिक्षणका लागि स्याम्पल संकलन गरिएको र हाल यस वडामा ३ जनाले नियमित औषधी सेवन गर्ने गरेको मिश्राले वताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *