बृहत भलिबल प्रतियोगिता सरु


बाँके । अनेरास्ववियु र अनेरास्ववियु(क्रान्तिकारी) ले संयुक्त रुपमा महेन्द्र बहुमुखी क्याम्पस ईकाइ कमिटिले आज आइतबार बृहत भलिबल प्रतियोगिताको आयोजना गरेको छ ।
विद्यार्थीका शैक्षिक अधिकार र उनीहरुको रचनात्मक क्षेत्रमा क्रियाशिताका लागि शैक्षिक गतिविधिका साथै यस प्रकारको रचनात्मक कार्य गर्न आवश्यक ठानी भलिबल प्रतियोगिताको आयोजना गरिएको अनेरास्ववियुका जिल्ला अध्यक्ष मोहित शाहले जानकारी दिनु भयो । भलिबल प्रतियोगिताले दुबै संगठनका नेता कार्यकर्ताबीच हार्दिकता हुने र संगठनको एक हुँदा झन बल पुग्ने भएकोले यो कार्यक्रम गर्न आवश्यक रहेको अनेरास्ववियुका सचिब टेकेन्द्र मल्लले वताउनु हुन्छ ।
भलिबल प्रतियोगिताको उद्घाटन अनेरास्ववियुका केन्द्रीय कोषाध्यक्ष झपेन्द्र खत्री गर्नु भएको थियो । तीन दिन सम्म संचालन हुने प्रतियोगितामा १५ समूहले प्रतिष्पर्धा गर्ने आयोजकले वताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *