बिश्व क्षयरोग विरूद्धकाे कार्यक्रम गरियाे


बाँके । बाँके जिल्लामा बिश्व क्षयरोग विरूद्धकाे चेतनामूलक र संदेशमूलक कार्यक्रम टिभी नेपालमा अाईतबार कार्यक्रम गरिएको छ । कार्यक्रम जिल्ला समन्वय समितिका सदस्य चेतबहादुर घर्ती, जिल्ला जनस्वास्थ्य ईकाईका निमित्त प्रखुम रामबहादुर चन्द लगायतको सहभागी रहेको थियो । बाँके जिल्लामा हालसम्म ९४३ जनाले अाैषधि खाई रहेका छन् । बहु अाैषधि प्रतिराेध ७० जनाले ६० वटा डट्स सेन्टरकाबा सेवा दिईरहेकाे चन्दले जानकारी दिनु भयाे ।
जिल्लामा १५ प्रयाेशाला रहेका छन् ।

 नेपालमा अझै क्षयरोगका १३ हजार बिरामी उपचारको दायराबाट बाहिर रहेको तथ्यांकले देखाएको छ। नेपालमा बर्सेनि ४५ हजार क्षयरोगका नयाँ बिरामी थपिने गरे पनि वार्षिक १३ हजार बिरामीहरु उपचारको दायरामा नआउने  गरेको अनुमान छ। जसले गर्दा नयाँ/पुराना गरी अझै २८ हजार बिरामी उपचारको दायरा बाहिर रहेको राष्ट्रिय क्षयरोग केन्द्र  थिमिले जनाएको छ।

केन्द्रका निर्देशक डा. भिमसिंह तिङकरीका अनुसार नेपालमा नयाँ र पुराना गरी क्षयरोगका ६० हजार बिरामी छन्। आर्थिक वर्ष २०७४/०७५ मा एक लाख ९६ हजार ३६२ जनामा क्षयरोगकाे शंका गरी परीक्षण गर्दा ३२ हजार ४७४ जनामा क्षयरोग देखिएको थियो। उनीहरू राष्ट्रिय क्षयरोगको कार्यक्रमको नीतिअनुसार उपचारमा रहेका छन्।
नेपालमा क्षयरोगका चार हजार ३२१ उपचार केन्द्र, ९६ वटा सहरी डट्स केन्द्र, ६०४ रोग निदान केन्द्र, २७ जीन एक्सपर्ट केन्द्र र दुई राष्ट्रिय प्रेषण प्रयोगशालामार्फत क्षयरोगको सेवा प्रदान गरिएको केन्द्रका निर्देशक तिङकरीले जानकारी दिए। यस्तै, औषधि प्रतिरोधी क्षयरोगका २८ वटा उपचार केन्द्र र ८१ वटा उपकेन्द्र मार्फत सेवा उपलब्ध गराएको केन्द्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *